
ओम प्रकाश यादव
माघ ६ गते, रौतहट । रौतहटमा नागरिकता र किर्ते मुद्दामा फरार रहेका एक जना वडा सदस्य पक्राउ परेका छन ।
किर्ते गरी नागरिकता लिएको भन्दै जिल्लाको गढिमाई नगरपालिका ६ धर्मपुर घरभई वडा सदस्यमा निर्वाचित लक्ष्मी राय यादवको ५५ वर्षिय छोरा महेन्द्र राय यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाबाट खटेको प्रहरी टोलीले आज विहान ८ बजेको समयमा आफनै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा यादवलाई उनको आफनै गाउँबाट पक्राउ गरेको हो ।
सम्मानित रौतहट जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीको अधारमा यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलले बताएका छन ।
स्थानीय राजेश राय यादवले दिएको जाहेरी र अदालतको आदेशमा उनलाई पक्राउ गरिएको डिएसपी रावलले बताएका हुन ।
प्क्राउ परेका यादवलाई आवश्यक कार्यवाहीका लागि सम्मानित जिल्ला अदालत रौतहट गौरमा बुझाइएको डिएसपी रावलले जानकारी दिनुभयो ।
Facebook Comments