
सरोज खिलाडी
राजपा नेपाल संग पार्टी एकता गरेर बनेको जनाता समाजबादी पार्टी नेपालले आज फेरी अर्को नयाँ पार्टी संग पार्टी एकता गर्ने भएको छ । तुलसीलाल अमात्य स्मृति भवन,बालकुमारी (पुरानो रेडक्रसबाट अगाडि खोला पट्टि) ललितपुरमा आज दिउसो २ बजे पार्टि एकता हुन् लागेको छ । जनता समाजवादी पार्टी, नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर) समूहका वीच पार्टी एकीकरण कार्यक्रम तय भएको पार्टीका नेत्री रेखा यादवले सामाजिक संजाल फेस बुक मार्फत जानकारी गराउनु भएको छ। एकता कार्यक्रम केन्द्रिय नेताहरुको उपस्थितिमा सम्पन्न हुने कार्यक्रम रहेको बुझिएको छ ।
Facebook Comments