Loading...
खम्बुवान मोर्चाका अध्यक्षसहित १९५ ले गरे जनता समाजबादीमा प्रवेश, अशोक राईले गरे स्वागत
खम्बुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य तथा युवा समितिका अध्यक्ष कमल गुरुङ जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
खम्बुवान राष्ट्रिय मोर्चा रामकुमार राई (आरके खम्बु)ले नेतृत्वको पार्टी हो । युवा नेता गुरुङसहित १९५ जना कार्यकर्ताहरु जसपामा प्रवेश गरेको जसपाका नेता तिलक साम्पाङ राईले जनाएका छन् । शनिबार प्रदेश नं १ को मोरङस्थित सुन्दरहरैचा–६ मा आयोजित जसपाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनीहरु जसपामा प्रवेश गरेका हुन् ।
जसपाका वरिष्ठ नेता अशोक राईले नवप्रवेशीहरुलाई स्वागत गरेका छन् । कार्यक्रममा वरिष्ठ नेताले कार्यकर्ताहरुलाई पार्टीको नीति, सिद्धान्त तथा समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा जसपा कार्यकारिणी समिति सदस्य युवराज कार्की, प्रदेश नं १ का अध्यक्ष जयराम यादव लगायत नेताहरु सहभागी भएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *