Loading...
माण्डवी संस्थाकी अञ्जु झाले संस्थाको नाममा राजनितिकरण गर्दै ः मेयर मेहता ।

ओम प्रकाश यादव
रौतहट, माघ १४ गते । कुनै सरकारी अथवा गैर सरकारी संघ संस्थाले कुनै पनि स्थानीय तहमा कुनै पनि काम गर्न चाहेमा सम्बन्धित स्थानीय तहसँग अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ ।

स्थानीय तहमा कुनै प्रकारको कार्य गर्न चाहेमा एनजीओ तथा आइएनजीओ संस्थाले सम्बन्धित स्थानीय तहसँग सहकार्य गर्नुपर्ने वा अनुमति लिनुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि रौतहटमा एक एनजीओ संस्थाले सो कानुनी व्यवस्थाको धज्जी उडाउँदै कार्य गरेको पाइएको छ ।

नगरपालिका भित्र कुनै पनि कार्य गर्नुपर्नेमा सम्बन्धित पालिकासँग सहकार्य गरेर अथवा अनुमति लिएर मात्र कार्य गर्नुपर्ने व्यवस्था छ तर माण्डवी संस्थाले स्थानीय तहसँग कुनै अनुमति नलिइ अथवा कुनै सहकार्य नै नगरी आफना मनपर्दी रौतहटको इशनाथ नगरपालिका भित्र राहत, खाद्यान्न, कपडा वितरण, कल गाडने लगाएतका कार्य गरेको पाइएको छ ।
माण्डवी संस्थाकी अञ्जु झाले सहयोगको नाममा राजनिती गर्न खोजेको आरोप लागेको छ ।

कुनै पनि संस्थाले गरिव विपन्नलाई खाद्यान्न, न्यानो कपडा वितरण लगाएत कार्य गर्दा पार्टी र जाती समुदाय नहेरी पारदर्शी एवं सम्मान ढंगले सबै जाताजति समुदायका अति गरिव तथा पिछडिएका परिवारहरुलाई सहयोेग गर्नुपर्दछ तर पछिलो समय माण्डवी संस्थाले जिल्लाको इशनाथ नगरपालिकामा पार्टी हेरी हेरी राहत देखी लिएर खाद्यान्न सामग्रि लगाएत अन्य सहयोग गर्ने कार्य गरिरहेको देखिएको छ ।

इशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोश मेहताले माण्डवी संस्थाकी अञ्जु झाले एनजीओको नाममा राजनितिकरण गर्न खोजेको आरोप लगाउनुभएको छ ।
नगर परिसरमा मंगलवार अबेर साँझ पत्रकार सम्मेलन गर्दै इशनाथ नगर प्रमुख मेहताले माण्डवी संस्थाले नगरपालिकासँग कुनै सहकार्य अथवा कुनै अनुमति नै नलिई आफना मनोमानि तरिकाले नगर भित्र राहत बाडने देखी लिएर अन्य कामकाज गर्न थालेको बताउनुभएको छ ।

माण्डवीकी अञ्जु झाले राहत वितरण, खाद्यान्न सामग्रि वितरण, न्यानो कपडा वितरण, कल गाडने लगाएत कार्यको नाममा राजनिति गर्न खोजेको नगर प्रमुख मेहताको आरोप छ ।

एनजीओद्धार कुनै सहयोग गर्नुपर्नेमा सबैलाई सम्मान ढंगले सहयोग गर्नुपर्नेमा माण्डवीले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई मात्रै सहयोग गर्ने गरेको मेयर मेहताको भनाई छ ।

माण्डवीकी अञ्जु झा नेपाली कांग्रेसमा आवद्ध रहेकी छिन त्यसैले उनी पार्टी हेरी हेरी कांग्रेसका कार्यकर्तालाई मात्रै राहत बाडने देखि लिएर अन्य सेवा सुविधा उपलब्ध गराउने गरेको उहाँले बताउनुभयो ।

अगामि निर्वाचनमा कांग्रेसबाट झा मेयर पदमा चुनाव लडने भएकोले उनि मतदातालाई आफु तर्फ आकर्षित गर्न आफना पार्टीका मान्छे र आफनै नजिकका व्यक्तिहरुलाई मात्रै राहत, न्यानो कपडा, खाद्यान्न लगाएतका सामग्रि वितरण गर्ने गरेको उहाँको भनाई छ ।

एनजीओले पिडित, गरिव तथा अति विपन्न परिवारहरुलाई सहयोग गर्नुपर्नेमा माण्डवी संस्थाकी अञ्जुले समस्यामा परेका गरिव परिवारलाई कुनै सहयोग नै नगरी आफना पार्टिका धनी समेत रहेका कार्यकर्तालाई मात्र सहयोग गर्ने गरेको मेयर मेहताले बताउनुभयो ।

मेयर मेहताले अञ्जु झासँग प्रश्न गरेका छन उनले भनेका छन तपाइ पार्टी चलाउनुहुन्छ कि संस्था यदि संस्था चलाउनुहुन्छ भने पार्टी विशेष तर्फ नगई सम्मान ढंगले गरिव विपन्नलाई मात्रै सहयोग गर्नु तर पार्टी नै चलाउनु छ भने संस्थाको पदबाट राजिनामा दिएर खुल्ला रुपमा प्रतिस्पर्धामा आउन उनले चुनौति दिएका हुन ।
गरिव विपन्न परिवारलाई कुनै ख्यालै नगरी कांग्रेसका नेता कार्यकर्ता र आफनै नातागोताका व्यक्तिहरुलाई मात्रै माण्डवीले सहयोग गर्ने गरेको मेयर मेहताले बताउनुभयो ।
नगरपालिकासँग कुनै सहकार्य वा अनुमति नलिई आफना खुसी राहत, खाद्यान्न लगाएत सामग्रि वितरण गर्ने माण्डवी संस्थालाई कानुनी कार्यवाहीको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको मेयर मेहताले बताएका हुन ।

माण्डवीले आफुसँग कुनै सहकार्य नगरी आफना मनोमानी ढंगले काम गरेको भनी माण्डवीले गर्ने गरेको सम्पुर्ण कामलाई रोक लगाउनुपर्ने माग गर्दै कार्यवाहीको लागि जिल्ला प्रशासन देखी लिएर गृह मन्त्रालय र समाजकल्याण परिषदमा समेत पत्र पठाएको मेयर मेहताले बताउनुभयो ।

स्थानीय तहसँग कुनै सर सल्लाह र समन्वय नै नगरी गैर कानुनी रुपमा नियम विपरीत कार्य गर्ने माण्डवी संस्थाको गतिविधिमाथी रोक लगाउनुपर्ने उनको भनाई छ ।
यसैविच माण्डवी संस्थाले इशनाथ नगरपालिका ३, ६ र ७ मा कल गाडने र ग्याँस सिलिण्डर वितरण गर्ने काम गरिरहेको छ । वडा अध्यक्षहरुलाई कुनै जानकारी समेत नदिई माण्डवीले आफनो मनोपोली ढंगले आफना नजिकका व्यक्तिहरुलाई मात्रै कल गाडने र ग्याँस सिलिण्डर बाँडने काम गरेको वडा नं ६ का वडा अध्यक्ष रामेश्वर साहले बताउनुभएको छ ।

माण्डवीले आफना वडामा २५ जना परिवारलाई हयाण्ड पाईप जडान गरेको र प्रति परिवारसँग हयाण्ड पाईप जडान वापत गरिव विपन्न नागरिकसँग १० देखी लिएर १३ हजारसम्म रुपैया लिने गरेको वडा अध्यक्ष साहले बताउनुभयो ।

वडा नं ३ का वडा अध्यक्ष राम कैलाश राउतले पनि गरिव निमुखा जनतालाई हयाण्ड पाईप जडान नगरी सुखी सम्पन्न परिवारलाई मात्रै पार्टी हेरी हरी ह्याण्ड पाईप जडान गर्ने गरेको र नियम विपरीत १० देखी १३ हजारसम्म रुपैया लिने गरेको बताउनुभएको हो ।

संस्थाको नाममा राजनितिकरण गर्न खोज्ने र आफना मनोपोली ढंगले राहत बाँडने माण्डवी संस्थाको काम कार्यवाही प्रति रोक लगाउनुपर्ने इशनाथ नगरपालिकाका जनप्रतिनिधिहरुले माग गरेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *