Loading...
राज्य मन्त्री यादवद्धारा गृह जिल्ला रौतहटमा सिचाइका लागि नहरको अनुगमन ।

ओम प्रकाश यादव
माघ १५ गते, रौतहट । जनता समाजवादी युवा संघका रास्ट्रिय अध्यक्ष एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आज गृह जिल्ला रौतहटमा निर्माणधिन नहरको अनुगमन निरीक्षण गरेका छन ।

राज्य मन्त्री यादवले आफु निर्वाचित रौतहटको क्षेत्र नं १ को खमा निर्माणधिन बागमति सिचाइ आयोजनाको नहरको अनुगमन निरीक्षण गरेका हुन ।
मन्त्री यादवले जिल्लाको दुर्गा भगवती गाउँपालिका अन्तर्गत पर्ने पचरुखी छतौनामा निर्माणधिन नहरको अनुगमन गरेका हुन ।

अनुगमनको क्रममा राज्य मन्त्री यादवले निर्माण हुँदै गरेको नहरको बाँकी काम तुरुन्त सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन ।
नहरको बाँकी काम समयमै यथासिघ्र पुरा गर्न मन्त्री यादवले निर्देशन दिएका हुन ।

जनता समाजवादी पार्टिका केन्द्रिय सदस्य समेत रहेका राज्य मन्त्री यादवले आजै पिपरा भलोहियामा सिचाइका लागि प्राविधिक टोली सहित अनुगमन निरीक्षण गरेका छन ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *