Loading...
नगर प्रमुख विरेन्द्र यादवले तिनसय भन्दा बढी अपाङ्गहरुलाई गरे सिरक वितरण ।

ओम प्रकाश यादव
माघ १६ गते, रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा आज अपाङ्गता भएका व्यक्तिहरुलाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको छ ।
माधवनारायण नगरपालिका भित्रका सम्पुर्ण अपाङ्गहरुलाई जाडोबाट बच्न सिरक वितरण गरिएको छ ।

माधवनारायण नगरपालिकाको आर्थिक सहयोग र गैर सरकारी संस्था अपाङ्ग विकाश नेपाल माधोपुरको आयोजनामा आज माधवनारायण नगरपालिकाको कार्यालय माधोपुरको प्रांगनमा आयोजित एक कार्यक्रमका विच नगर भित्र बसोबास गर्ने सयौं अपाङ्गहरुलाई एक एक थान सिरक वितरण गरिएको छ ।

कार्यक्रममा माधवनारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र यादवले नगर भित्र बसोबास गर्ने करिव तिन सय पच्चास जना अपाङ्गहरुलाई जाडोमा ओढने सिरक वितरण गरेका छन ।
कार्यक्रममा नगर प्रमुख यादवसँग उपप्रमुख सिमल कुमारी साहले समेत दुबैजना संयुक्त रुपमै अपाङ्गहरुलाई सिरक वितरण गरेका हुन ।

गएको केहि दिन देखी चलिरहेको चिसो हावा र बाक्लो मात्रामा लाग्ने गरेको हुस्सुका कारण अत्याधिक मात्रामा चिसो बढेर अपाङ्गहरुलाई निकै समस्या हुन थालेपछि चिसोबाट जोगाउन आफुले नगरभित्रका सम्पुर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई सिरक वितरण गरेको नगर प्रमुख विरेन्द्र यादवले बताएका छन ।

चिसोको समयमा न्यानो कपडाको अभावमा अपाङ्गहरुलाई चिसो छल्न समस्या हुन थालेकोले नगरपालिकाबाट उनिहरुलाई सिरक वितरण गरेको मेयर यादवले बताए ।
नगर प्रमुख विरेन्द्र यादवले आफना नगरवासीको हरेक सुख दुखमा यसरी नै सहयोग गर्दै आएका छन ।

सिरक वितरण कार्यक्रममा नगर उपप्रमुख सिमल कुमारी साह, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, वडा नं ६ का वडा अध्यक्ष राजीव कुमार यादव लगाएत सुरक्षाकर्मी, पत्रकार सहितका व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *