Loading...
प्रचण्ड माधव समुहको हडतालको रौतहटमा आशिंक प्रभाव, ६ जना बन्दकर्ता पक्राउ ।

ओम प्रकाश यादव
रौतहट, माघ २२ गते । नेकपा प्रचण्ड–नेपाल समूहले विहिवार आह्वान गरेको आमहड्तालको रौतहटमा आशिंक प्रभाव परेको छ ।

रौतहटको केहि ठाउँमा नेकपाका नेता तथा कार्यकर्ताहरु सडकमा देखिएपनि खासै हड्तालको प्रभाव देखिएको छैन ।
जिल्लाको सदरमुकाम गौर, गरुडा, चन्दनिगाहपुर लगायतको ठाउँमा केही नेताहरु देखिएपनि अन्य ठाउँमा बन्दकर्ताहरु देखिएका छैनन् ।

प्रतिनिधिसभा (संसद) विघटन विरुद्ध आन्दोलनरत दहाल नेपाल समुहले सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा विहिवार देशव्यापी आम हड्ताल घोषणा गरेको छ ।

बन्दको प्रभाव रौतहटमा आशिंक रुपमा मात्र परेको देखिएको छ । जिल्लाको सदरमुकाम गौर, कटहरिया, चन्द्रनिगाहपुर बजारमा रहेको अत्यआवश्यक बाहेकका पसल, शैक्षिक संस्था, उद्योग, कलकारखाना, छोटो तथा लामो दुरीका सार्वजनिक यातायातका साधन समेत बन्द रहेको छ ।

त्यस्तै जिल्लाको गौर, कटहरिया, चन्द्रनिगाहपुर बाहेकका शहर बजारहरुमा रहेका पसल, शैक्षिक संस्था, कलकारखाना, बजार व्यवसाय तथा सार्वजनिक यातायातका साधन पनि सञ्चालन नै रहेको छ ।

जिल्लाको सबै ठाउँमा छोटो तथा लामो दुरिका यतायातका साधनहरु नचले पनि अधिकांश ठाउँमा बजार व्यव्साय, निजि तथा सार्वजनिक सवारी साधनहरु छिटफुट रुपमा सन्चालनमा रहेको छ ।

बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न चोकचोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । त्यस्तै गृह मन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो ।
यसैबीच रौतहटको गरुडाबाट जबरजस्ती बन्द गराउन खोज्ने प्रचण्ड–नेपाल पक्षका ६ जना कार्यकर्ता पक्राउ परेका छन् ।

पार्टीले घोषणा गरेको आम हड्ताल सफल बनाउन सडकमा उत्रिएका प्रचण्ड–नेपाल समुहका नेकपाका गरुडा नगर संघर्ष समितिका संयोजक शेख कलि मुल्लाह सहितका व्यक्तिलाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डिएसपी भरत श्रेष्ठले जानकारी दिनुभएको छ ।

बन्दको समर्थनमा सडकमा उत्रिएका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिएको र उनिहरुलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
बन्दको क्रममा अहिलेसम्म ६ जना बन्दकर्ता पक्राउ परेपनि कुनै पनि गाडीमा तोडफोड, झडप, हुलदंगा लगाएतका गतिविधि नभएको र समग्र जिल्लाको अवस्था सामान्य नै रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभएको छ ।

गृह मन्त्रालयले शान्तिपुर्ण आन्दोलन गर्न आग्रह गरेको बताउनुहुँदै प्रमुख जिल्ला अिधकारी यादवले नेपालको संविधान र प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सर्वसाधारण नागरिकले प्रयोग गर्ने यातायात सञ्चालनमा अवरोधलगायत ध्वांसात्मक एवं अवाञ्छित गतिविधि नगर्न सम्बद्ध पक्षसँग अनुरोध गर्नुभएको छ ।

शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधिमा संलग्न हुनेउपर कानूनी कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी यादवले चेतावनि दिनुभयो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *