Loading...
महाराज बनेको ज्ञानेन्द्रलाइ दरबारबाट सडकमा ल्याए झैँ ओलीको हालत बनाउछौ – वर्षमान पुन

काठमाडौं । नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले आमहड्तालका सहभागीलाई चाबहिलमा सम्बोधन गर्दै पुनले ज्ञानेन्द्र शाहको निरंकुशतासँग लडेर आएका आफूहरु ओली र रामबहादुर थापासँग नतर्सने बताए । बुटवलमा र काठमाडौंको चक्रपथमा सेनाका बख्तरबन्द गाडी र ट्याङकर गुडाएर तर्साउन खोजिएको पुनको भनाइ थियो । ‘सेनाका बख्तरबन्द गाडी र ट्याङकर  निकालेर जनता तर्साउन खोजिएको छ । हामी सबै लडेर आएका छौं । जनता लडेर आएको छ’, पुनले भने, ‘खबरदार, केपी ओली र रामबहादुर थापा सधैं प्रधानमन्त्री र गृहमन्त्री भइराख्दैनन् । राज्य शक्तिको दुरुपयोग गर्नेको हालत ज्ञानेन्द्रको जस्तै हुने भन्दै पुनले धम्की बन्द गर्न चेतावनी दिए ।  ‘ज्ञानेन्द्र देशैभरि -याली गर्दै हिंडे । लाखौं जनता महाराज भन्दै जान्थें । बुझें, सुनें भन्दै टाउको हल्लाएर हिंडेका थिए ।  आज कहाँ टाउको हल्लाउँदै हिंडेका छन् थाहा छ कि छैन ?’, पुनले भने, ‘जसले राज्यशक्तिको दुरुपयोग गर्छ त्यसको हालत ज्ञानेन्द्र शाहको जस्तै हुन्छ ।’ निरंशुक सत्ता चलाउन खोज्दा बाउबाजेको पालादेखि २ सय ४० वर्षसम्म शासन गरेको सेना, पुलिस मेरै हो, राज्य मेरै हो भनेर हिंडेका ज्ञानेन्द्रको हविगत स्मरण गर्न पुनले ओलीलाई सुझाव दिए ।‘हामीले आत्मसमर्पण या झुक्न र भाग्न जानेका छैनौं । हिजो ज्ञानेन्द्रसँग पनि भागेको होइन, कुनै निरंकुश सत्तासँग पनि भागेको होइन’, पुनले भने, ‘केपी र रामबहआदुर थापा त अस्ति भर्खरै देखेका, के सोच्छन्, कसरी चल्छन् सबै थाहा छ । ३० वर्ष, ४० वर्षदेखि देखिराखेका मान्छेहरुले आज वरिपरि सेना, प्रहरी राखे, स्कर्टिङमा हिंडेर एक छिन महाराज भएको जस्तो कल्पना नगरे हुन्छ ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *