Loading...
निलगाईको आतंकले रौतहटका किसान चिन्तित, नियन्त्रणका लागि कसैले पहल नगरेको गुनासो ।

ओम प्रकाश यादव
रौतहट, माघ २३ गते । निलगाई अर्थात घोड गदहाको आतंकका कारण रौतहटको पच्छिमी भेगका किसान चिन्तित भएका छन ।

नजिकै रहेको लाल बकैया नदिबाट आउने गरेको निलगाईले बालानाली नोक्सान गर्न थालेपछि रौतहटेली किसानहरु समस्यामा परेका छन ।

निलगाइर्रुका कारण जिल्लाको मौलापुर, देवाही गोनाही, कटहरिया, फतुवा विजयपुर नगरक्षेत्रका सयौं किसान चिन्तित बनेका छन ।

सो नदिबाट दर्जनौंको संख्यामा राती र दिउँसोमा समेत आउने निलगाईले बालिनालि सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका हुन ।

पछिल्लो समय निलगाईले किसानले लगाएको तरकारी बाली, गहुँ, मसुरी, केराउ लगाएतका बालीनाली खाईदिने गरेकाले किसानहरु मारमा परेका छन ।

मौलापुर देवाही सडकखण्ड स्थित शुक्रवार एका विहानै ८, १० वटा संख्यामा समुह बनाएर आएका निलगाई गहु, मंसुरी, तेलहन, दलहन, केराउ लगाएतका बालीमा नोक्सान पुरयाएको मौलापुर नगरपालिका ३ गम्हरीयाका किसान शिव चन्द्र यादवले दुखेसो गर्नुभएको छ ।

वर्षभरी मिहिनेत पसिना बगाएर लगाएको गहुँबाली निलगाईले सखाप पार्न थालेपछि परिवारको गुजरा कसरी चलाउने भन्दै यादवले दुखेसो गर्नुभभयो ।

त्यस्तै फतुवा विजयपुर नगरपालिका ४ का किसान भोजेन्द्र महतोले पनि आफु घरको अन्नपानी खर्च गरेर तथा पसिना बगाएर गहुँँ लगाएतका बाली लगाए पनि अहिले आएर निलगाईले सिध्याउन थाल्दा जीवन यापनमै समस्या हुने बताउनुभएको छ ।

लालबकैया नदिकिनारको उंखुघारी र कांसघारी खरौडिमा निलगाई बस्ने गरेको र भोक लाग्दा नजिकैको खेतमा लगाईएको बालीनालीमा पसेर क्षति पुरयाउने गरेको किसानको गुनासो छ ।

जिल्लाको पच्छिमी भेगका स्थानीय तह एउटा उदाहरण मात्र हो पछिल्लो केही बर्षदेखी निलगाईले जिल्लाका प्राय. सबै स्थानीय तहका किसानले लगाएको बालिमा क्षति पुर्याउने गरेका छन ।

निलगाईको लागि जिल्लाका नदि खोलाहरु सुरक्षित बाँस स्थान बनेको छ । जिल्लाको पश्चिममा लालबकैया पुर्वमा बागमती नदिकिनार कांसघारी र उखुंघारिमा दिनभरी बस्ने र राती राती तथा विहा विहान ठुलो झुन्डमा गएर बालिमा क्षति गरिरहेको किसानहरुले बताएका छन ।

निलगाईले बर्षेणी बच्चा जन्माउने गर्नाले दिन प्रति दिन संख्या बढदै गएको छ । सरकार तथा अन्य कुनै निकायले हालसम्म नियन्त्रणको पहल गरेको छैन ।

निलगाई नियन्त्रण गर्न पटक पटक स्थानीय तह तथा जिल्ला बन कार्यालयमा समेत अनुरोध गर्दा कुनै वास्ता नगेकाले कतिपय किसान आफ्नो बालिको रक्षागर्न रातभरि मसाल बालेर टिन बजाउन बाध्य भएका छन ।

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *