Loading...
नगर प्रमुख विरेन्द्र यादवले आजदेखी माधोपुरबाट पुर्ण सरसफाई अभियानको गरे सुभारम्भ ।

ओम प्रकाश यादव
माघ २८ गते, रौतहट । रौतहटको माधवनारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र यादवले आजदेखी नगरमा पुर्ण सरसफाई अभियान शुभारम्भ गरेका छन ।
नगर प्रमुख यादवले माधवनारायण नगरपालिका ६ माधोपुर बजारबाट आजदेखी सरसफाई अभियानको शुरुवात गरेका हुन ।

मेयर यादवले आज विहान ८ बजे हातमा झाडु लिएर माधोपुर बजारलाई सरसफाई गर्दै सरसफाई अभियानको शुरुवात गरेका हुन ।
सरसफाई गर्नुभन्दा अघि माधोपुर बजारमा आयोजित सरसफाई कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगर प्रमुख यादवले स्वच्क्ष र सफा नगर बनाउने उद्देश्यले आफुले सरसफाई अभियान शुरु गरेको बताएका छन ।

सरसफाईको अभावका कारणले विभिन्न किसिमका रोगहरु लाग्नसक्ने भएको हुनाले रोगहरु लाग्नबाट बचाउन सरसफाई अभियानको शुरुवात गरेको उहाँले बताउनुभयो ।
आ आफना गाउँ ठाउँलाई आफैले सरसफाई गर्न नगर प्रमुख यादवले सबै नगरवासीलाई आग्रह गरेका छन ।
आफना गाउँ ठाउँ सफासुघर राख्न प्रत्येक नागरिकको दायित्व रहेकोले आ आफना ठाउँलाई आफैले सरसफाई गरी सभ्य नागरिकको परिचय दिन उनले आग्रह गरेका हुन ।
माधोपुरमा पछिलो समय सडक अतिक्रमण गरी विभिन्न किसिमका सामानहरु राख्ने प्रवृतिका कारण दुर्घटनाको जोखिम बढेकोप्रति आपति जनाउँदै मेयर यादवले सडकलाई पुर्ण रुपमा खाल्ही गरी आवागमन सहज बनाउन माधोपुरवासीसँग विनम्र अनुरोध गरेका हुन ।

फोहोर राख्नका लागि नगरपालिकाको तर्फबाट माधोपुर गाउँका विभिन्न ठाउँमा गरी २० वटा डस्टविन अर्थात फोहोर मैलाको व्यवस्था गरिएको बताउँदै मेयर यादवले अबदेखी जथाभावी रुपमा फोहोर नफाली फोहोर मैलामा नै फोहोर राख्न सबैलाई आग्रह गरेका हुन ।
एक एक सातामा उक्त फोहोर मैलाको फोहोर आफुले व्यवस्थापन गराउने समेत उनले बताए ।

वडा नं ६ का अध्यक्ष राजीव यादवको अध्यक्षतामा भएको सरसफाई कार्यक्रममा स्थानीय नेताहरु हरिनारायण यादव, राम निवास यादव, विरझन यादव, बैजु यादव, रामकृपाल यादव, चन्देश्वर साह लगाएतका नेताहरुले आ आफना मन्तव्य राख्दै सरसफाई अभियानलाई विशेष जोड दिएका थिए ।

माधोपुर बजारमा भएको सरसफाई कार्यक्रममा माधोपुरका सबै राजनितिक दलका प्रतिनिधि, वडा अध्यक्ष राजीव यादव, जसपाका माधवनारायण नगर कमिटि अध्यक्ष हरिनारायण यादव, जसपा नेताहरु राम निवास यादव, विरझन यादव, चन्देश्वर साह, उपेन्द्र चौधरी, जमुना, कांग्रेस नेता बैजु यादव, राम कृपाल यादव, नेकपा नेता उपेन्द्र साह लगाएतका नेतासँगै जनप्रतिनिधि तथा उच्च पदस्त कर्मचारी, पदाधिकारीहरु, पत्रकार, नेपाल प्रहरी लगाएत आ आफना हातमा झाडु लिएर सहभागी भएका थिए ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *