Loading...
इशनाथ नगरपालिकामा विकास निर्माणको काम गति लिदै, मेहताको जनमुखी कार्यबाट स्थानीय हर्षित ।

ओम प्रकाश यादव
माघ २९ गते, रौतहट । रौतहटको इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले नगरमा विकास निर्माणको काम तिव्र गतिमा अगाडि बढाएका छन ।

नगर प्रमुख मेहताले सडक ढलान, भौतिक पुर्वाधार निर्माण लगाएतका कार्य दु्रत गतिमा अगाडि बढाएका हुन ।

सधै नगरमा विकास भएको हेर्न चाहने र नगरलाई विकास कार्यमा अग्रपंतीमा ल्याउने सोच राखेका इशनाथ नगरपालिकाका मेयर मेहताले बुधवार मात्र लाखौको लागतमा निर्माण हुने एक सडक ढलान कार्यको शिलान्यास गरेका छन ।

ईशनाथ नगरपालिका वडा नं.४ मठिया टोलको मोकतम देखी महुलिया जाने बाटोमा २० लाखको लागतमा सडक ढलानको सिलान्यास मेयर मेहताले गरेका हुन ।
मेयर मेहताले शिलान्यास गरेसँगै सडक ढलान कार्य पनि शुरु भइसकेको छ । पछिलो समय मेयर मेहताले जनताको आवश्यक्ता, चाहना, इच्छा र आकांक्षा अनुसारको नै विकास निर्माणको काम गर्नथालेपछि नगरवासी हर्षित भएका छन ।

आफना लागि जनता नै भगवान भएकोले आफुले जनताको चाहना अनुसारको नै काम गर्दै जाने मेयर सन्तोष मेहताले प्रतिवद्धता जनाएका हुन ।
नगरको चौतर्फि विकास गरी नगरलाई एक समृद्ध र विकसित नगर बनाउने आफनो योजना रहेको मेयर मेहताले बताए ।

नगर प्रमुख मेहताको जनमुखी कार्यबाट नगरवासी निकै उत्साहित भएका छन ।

शिलान्यास कार्यक्रममा नगर उप प्रमुख हुसनेआरा खातुन, वडाअध्यक्ष शेख ईदमहमद लगाएतको सहभागिता रहेको थियो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *