Loading...
सरकारले दिवा खाजाको व्यवस्था गरेसँगै रौतहटको सामुदायीक विद्यालयमा विद्यार्थीको संख्या बढदै ।

ओम प्रकाश यादव
रौतहट, माघ ३० गते । सरकारले दिवा खाजाको व्यवस्था गरेपछि रौतहटमा पछिलो समय विद्यालय जाने बालबालिकाको संख्या बढेको छ ।

सरकारले सामुदायीक विद्यालयप्रति बालबालिकालाई आकर्षित गर्ने उद्देश्यले देशका प्रत्येक सामुदायीक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि दिवा खाजाको व्यवस्था गरेसँगै जिल्लाका अति गरीब बिपन समुदायका बालबालिकाहरू विद्यालय जान थालेका छन ।

जिल्लाको फतुवा विजयपुर नगरपालिका ८ का बालबालिकाहरू नियमित विद्यालय जान सुरु गरेका हुन । सोही ठाउँमा रहेको सरस्वती प्राथमिक विद्यालयमा कक्षा संचालन भएको दिन नास्ता खाने व्यवस्था मिलाएपछि यहाँका बालबालिका नियमित विद्यालय जान थालेको विद्यालयका प्रधानाध्यापक सुबोध यादवले बताउनुभएको छ ।
विद्यालयले गरिब बिपन्न समुदयका बालबालिकालाई विद्यालयसम्म कसरी ल्याउ भनेर दिन रात अभिभावकहरु संग भेटि बालबालिकाहरुलाइ बिद्यालय ल्याउन थालेको हो ।
दिवा खाजाको व्यवस्था भएदेखी पहिलाको तुल्नामा अहिले विद्यालय आउने बालबालिकाको संख्या बढेको प्रधानाध्यापक सुबोध यादवले बताउनुभयो ।
विद्यालयमा प्रत्येक दिन खाजा खुवाउने गरिएकोले नै खाजा खाने लोभमा विद्यालयमा पढन आउने बालबालिकाको संख्या बढेको प्रधानाध्यापक यादवको भनाई छ ।
यहाँका बालबालिका घर नजिकै रहेको विद्यालय पढ्न नगएर धुलोमाटोमा खेल्ने गर्दथे अहिले दिवाखाजाकै कारण विद्यालयमा पढ्न जाने विद्यार्थीको संख्या बढेको उहाँले बताउनुभयो ।
गत आर्थिक वर्षमा दैनिक बढीमा ७० देखि ८० जना मात्र बालबालिका पढ्न आउने विद्यालयमा हाल विद्यालयमा एक सय ३० जना विद्यार्थी अध्ययनरत छन । विद्यार्थीलाई दैनिक रुपमा फरक–फरक नास्ता खुवाउने गरिन्छ । कुन दिन कस्तो नास्ता खाने भन्ने तालीका नै बनाइएको छ ।

जसअनुसार आइतबार चना अण्डा, सोमबार मासु चिउरा मंलबार रोटी तरकारी, बुधबार हलुवा, विहिवार पुलाउ तरकारी र शुक्रबार फलफुल विद्यार्थीलाई नास्ताको रुपमा खुवाउने गरिन्छ ।

दिवा खाजाको कारण मात्र फतुवा विजयपुर नगरपालिकाको सरस्वती प्राथमिक विद्यालयमा विद्यार्थीको संख्या बढेको होईन दिवा खाजाले गर्दा जिल्लाका प्राय सबै सामुदायीक विद्यालयमा विद्यार्थीको संख्या बढेको पाइएको छ ।

शिक्षामा रौतहट जिल्ला देशमै सबभन्दा पुच्छारमा रहेको छ तर सरकारले दिवाखाजा कार्यक्रम शुरु गरेपछि रौतहटका विद्यालयहरुमा विद्यार्थीको संख्या बढदै जानुले रौतहटमा अब शिक्षाको स्तर माथी उकास्ने देखिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *