Loading...
जसपा जनयुद्धले उठाएका परिवर्तनका एजेण्डाहरूको वैचारिक उत्तराधिकारी – नेता श्रेष्ठ

सिन्धुली । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय नेता राजेन्द्र प्रसाद श्रेष्ठले सिन्धुलीको सुनकोशी गाउँपालिकाको खाल्तेमा २६ औँ जनयुद्ध दिवसकै दिन आयोजना गरिएको समाजवादी पार्टी र राष्ट्रिय जनता पाटीवीचको समायोजन कार्यक्रममा माओवादी जनयुद्ध लगायत मधेस जनविद्रोह, आदिवासी जनजाति, खस, थारु, शिल्पी लगायतका आन्दोलनले उठाएका सङ्घीयता, समानुपातिकता र समावेशिता जस्ता अग्रगामी परिवर्तनका मुद्दाहरू अझै अधुरो रहेको बताए ।
पार्टीको कार्यकारिणी सदस्य रहेका नेता श्रेष्ठले महान जनयुद्धका सहीदहरूप्रति श्रद्धाञ्जली तथा वेपत्ता र घाँइतेहरूप्रति सम्मान व्यक्त गर्दै त्यतिबेला उठाइएका जातीय मुक्ति र वर्गीय मुक्ति दुबै अधुरो रहेको बताए । उनले जनता समाजवादी पार्टी माओवादी जनयुद्धको बेला उठाएका अग्रगामी परिवर्तनका एजेण्डाहरूको सच्चा वैचारिक उत्तराधिकारी भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले देशमा स्थायी शान्तिका लागि मानिसले मानिसलाई गर्ने सबैखाले शोषण उत्पीडनबाट जनतालाई मुक्त गर्नुपर्ने बताउँदै धनीहरूका लागि जुनसुकै व्यवस्था भए पनि फरक नपर्ने तर गरिवका लागि समाजवाद नै आवश्यक भएको बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *