Loading...
राजेन्द्र नै पुगेपछि कांग्रेस-नेकपा परित्याग गरी नेपाली सहित दर्जनौले गरे पार्टी प्रवेश

सिन्धुली । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय नेता राजेन्द्र प्रसाद श्रेष्ठले सिन्धुलीको सुनकोशी गाउँपालिकाको खाल्तेमा २६ औँ जनयुद्ध दिवसकै दिन आयोजना गरिएको समाजवादी पार्टी र राष्ट्रिय जनता पाटीवीचको समायोजन कार्यक्रममा माओवादी जनयुद्ध लगायत मधेस जनविद्रोह, आदिवासी जनजाति, खस, थारु, शिल्पी लगायतका आन्दोलनले उठाएका सङ्घीयता, समानुपातिकता र समावेशिता जस्ता अग्रगामी परिवर्तनका मुद्दाहरू अझै अधुरो रहेको बताए ।
पार्टीको कार्यकारिणी सदस्य रहेका नेता श्रेष्ठले महान जनयुद्धका सहीदहरूप्रति श्रद्धाञ्जली तथा वेपत्ता र घाँइतेहरूप्रति सम्मान व्यक्त गर्दै त्यतिबेला उठाइएका जातीय मुक्ति र वर्गीय मुक्ति दुबै अधुरो रहेको बताए । उनले जनता समाजवादी पार्टी माओवादी जनयुद्धको बेला उठाएका अग्रगामी परिवर्तनका एजेण्डाहरूको सच्चा वैचारिक उत्तराधिकारी भएको बताए ।

पार्टी प्रवेश तथा गाउँपालिका समिति समायोजन
पार्टीका सङ्घीय परिषद सदस्य अरुण आलेले सञ्चालन तथा समाजवादी पार्टीका पूर्व अध्यक्ष ढाल बहादुर नेपाली (कृष्ण)ले अध्यक्षता गरेको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य द्वय दीर्घराज श्रेष्ठ र शंकर बसेलले पनि शुभकामना मन्तव्य दिएका थिए । उक्त कार्यक्रममा नेपाली कांग्रेस र नेकपा परित्याग गरी कृष्ण नेपाली, कैलाश भुजेल, खेटराज थापा(दीपक), रमेश भण्डारी, नारायण प्रसाई, राम अच्छामी लगायत ३ दर्जनभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश गरेका थिए ।
जसपा सिन्धुलीका प्रचार विभाग प्रमुख दिपेश थापाका अनुसार  कार्यक्रममा जनता समाजबादी पार्टी, नेपाल सुनकोशी गाउँपालिकाको २५ सदस्यीय समायोजित समिति घोषणा गरिएको छ । समितिको अध्यक्षमा ढालबहादुर नेपाली (कृष्ण), उपाध्यक्ष राजन वैद्य, सचिव कैलाश भुजेल, उपसचिब खेटराज थापा र कोषाध्यक्षमा चन्द्र बैजु चयन भएका छन । समाजबादी पार्टी र राजपाको सुनकोसी गाउँपालिका समायोजन कार्यक्रममा जसपा सङ्घीय परिषद सदस्य सीमा मगर लगायत सिन्धुलीका नेता कार्यकर्ताहरूको पनि सहभागिता थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *