Loading...
गरुडा नगर प्रमुख इनु रायद्धारा मावि नयाँ गम्हरीयामा सिसीटिभी क्यामरा उदघाटन ।

ओम प्रकाश यादव
फागुण ४ गते, रौतहट । रौतहटको गरुडा नगरपालिका ९ माध्यमिक विद्यालय नयाँ गम्हरीयामा आज सिसीटिभी क्यामराको उदघाटन गरिएको छ ।

गरुडा नगरपालिकाका नगर प्रमुख इनु राय यादवले सरस्वती पुजाको अवसरमा आज माध्यमिक विद्यालय नयाँ गम्हरीयामा सिसीटिभी क्यामराको उदघाटन गर्नुभएको छ ।
विद्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच गरुडा नगर प्रमुख यादवले रिबन काटेर एलइडी सहितको उक्त सिसीटिभीको उदघाटन गरेका हुन ।
विद्यार्थीको गतिविधिलाई निगरानी गरी उनिहरुलाई पढाइप्रति अझै जिम्मेवार बनाउन, पढाईमा सुधार गर्न तथा सुरक्षालाई समेत मध्य नजर गर्दै आफुले सिसीटिभी जडान गरी उदघाटन गरेको नगर प्रमुख इनु राय यादवले बताउनुभएको छ ।

सिसीटिभी जडान भएपछि विद्यार्थीहरुको पढाईमा सुधार हुने मेयर यादवले विश्वास गरेका हुन ।
गरुडा नगरपालिकाको आर्थिक सहयोगमा मावि नयाँ गम्हरीयामा सिसीटिभी जडान भएको छ ।

आफना विद्यालयमा सिसीटिभी जडान गर्न मावि नयाँ गम्हरीयाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार दासले नगर प्रमुख इनु राय यादवलाई आग्रह गरेपछि नगर प्रमुख यादवले सो विद्यालयमा सिसीटिभी क्यामराको व्यवस्था गरेका हुन ।

तत्कालको लागि आज एउटा सिसीटिभी क्यामरा जडान भएको र बाँकी ८ वटा क्यामरा अझै आउँदो आर्थिक वर्षको भित्रमै जडान हुने विद्यालय प्रशासनले जनाएको छ ।
गरुडा नगरपालिकाको आर्थिक सहयोगमा आउँदो आर्थिक वर्ष भित्र उक्त विद्यालयको सम्पुर्ण कोठामा एलइडी सहितको सिसीटिभी क्यामरा जडान हुने व्यवस्थापन समितिका अध्यक्ष राजकुमार दासले बताएका छन ।

सो अवसरमा गरुडा नगर उपप्रमुख रंगीला देवी जैसवाल, नगर शिक्षा संयोजक मौजेलाल यादब, विद्यालय व्यवस्थापन समितिका सदस्य, गरुडा नगरपालिकाका कर्मचारी एवं जनता समाजवादी पार्टीका युवा नेता अनिल यादव, विद्यालयका प्रधानाध्यापक रामआधार पास्वान, समाजसेवी एमडी सनम, कौशर खान मिथिला, अवध यादव शिक्षक, शिक्षिका अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

यसैविच गरुडा नगर प्रमुख इनु राय यादवले आज विभिन्न ठाउँमा भएको सरस्वती पुजामा सहभागी हुनुभएको छ ।
गरुडा नगरपालिका भित्र विभिन्न ठाउँमा आयोजित सरस्वती पुजा कार्यक्रममा सहभागी भएर नगर प्रमुख यादवले सरस्वती मातासँग दर्शन गरेको मेयर यादवका स्वकीय सचिव गोपाल यादवले जानकारी दिनुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *