Loading...
इशनाथ नगरपालिकाको अब आफनै भवन बन्दै, मेयर मेहताले भवनको गरे शिलान्यास ।

ओम प्रकाश यादव
फागुण ४ गते, रौतहट । रौतहटको इशनाथ नगरपालिकाको आफनै भवन निर्माण हुने भएको छ । इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले आज नगरपालिका कार्यालय भवनको शिलान्यास गर्नुभएको छ ।

इशनाथ नगरपालिका ३ औरैयामा नगर प्रमुख मेहताले नगरपालिकाको कार्यालय भवनको शिलान्यास गरेका हुन ।

आज एक कार्यक्रमका बीच नगर प्रमुख मेहताले शिलान्यास गरेसँगै इशनाथ नगरपालिकाको अब आफनै भवन निर्माण हुन लागेको छ ।
औरैया स्थित तिन कठ्ठा जग्गामा नगरपालिकाको भवन बन्न लागेको हो ।

एक जना जनप्रतिनिधिले नगरपालिकाको भवन निर्माणका लागि केहि दिन अघि मात्रै आफना तिन कठ्ठा जग्गा निशुल्क दान दिएका थिए ।

नगर प्रमुख सन्तोष मेहताको अथक प्रयासमा वडा नं ३ औरैयाका वडा अध्यक्ष रामकैलाश राउतले नगरपालिकाको भवन निर्माणका लागि आफना लाखौको उक्त तिन कठ्ठा जग्गा निशुल्क उपलब्ध गराएका छन ।

सोही जग्गामा नगर प्रमुख मेहताले नगरपालिकाको भवन निर्माण गर्न लागेका हुन । नगरपालिकाको आफनो भवन नहुँदा विगत तिन वर्षदेखी भाडाको घरमा नगरपालिका सञ्चालन हुँदै आएको छ तर अब नगरपालिकाको आफनै भवन बन्न लागेकोले भाडाको घरमा नगरपालिका सञ्चालन गर्नुपर्ने बाध्याता अन्त्य हुने मेयर मेहताले बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *