Loading...
पत्रकार महासंघ परिसरभित्र महिला आवास गृह सञ्चालनमा ।

सम्झना पौडेल
पmागुण ४ गते, काठमाडौं ।
नेपाल पत्रकार महासङ्घ केन्द्रिय समितिले महासंघ परिसरभित्र महिला आवास गृहको उद्घाटन गरेको छ । आवसगृहको नेपाल पत्रकार महासंघको पहिलो महिला उपाध्यक्ष राधा बुढाथोकीले रिवन काटेर उद्घाटन गर्नुभयो । आज दिउँसो मोफसलबाट काठमाडौं आउने महिला पत्रकारका लागि आवासगृह सञ्चालनमा ल्याइएको केन्द्रीय महिला समितिले जनाएको छ ।

नेपाल पत्रकार महासंघको पहिलो महिला उपाध्यक्ष राधा बुढाथोकीले महिला पत्रकारको विकासको चरणबद्ध प्रयासमा सानो ईटा थप्नेकाम भएकोमा प्रशंसा गर्नुभयो । उहाँले वर्तमान कार्यसमितिले धेरै राम्रा कामको सुरुवात गर्न सफल भएकोमा धन्यवाद् दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव लक्ष्मी पुनले आवासगृह सरसफाईको लागि पुरुषबाट दैनिक १०० र महिला दैनिक ५० रुपैया संकलन गरिने बताउनुभयो ।
उहाँले केहि व्यस्थापकिय र प्राविधिक कामहरु पुरा भैनसेको भएपनि त्यसलाई पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । सचिव पुनले आवसगृहमा ५ वटा वेड, एउटा मातृत्व कक्ष,एउटा वाथरुम रहेको भन्दै यसलाई थप सुरक्षित र व्यवस्थित बनाइने बताउनुभयो ।

आवासगृहमा आजैबाट आफूहरु बसेर उद्घाटन गरिने उहाँले बताउनुभयो । उहाँले महिला पत्रकारको लागि अब कहाँ बसौँ भन्ने अभाव नहुने उल्लेख गर्दै आफ्नो कार्यकालमा महिला समितको संख्या ४ वटा आरक्षण बाट ९ वटा बनाउन सफल भएको बताउनुभयो ।

केन्द्रिय सदस्य जानुका बरालले आफूहरुले प्रतिवद्धता जनाए अनुरुपनै आवासगृह सञ्चालन गरिएको स्पष्ट पार्नुभयो । उहाँले सोचेको जति सबै काम गर्न नसकेपनि अथाह प्रयासबाट आवसगृह सञ्चालनमा ल्याउन सफल भएकोमा सबैलाई धन्यवाद दिनुभयो ।

पत्रकार भावना विद्रोहिले पुरुषको लागि लामो समयदेखि आवासगृह भएको तर महिलाको लागि नहुँदा खिन्न हुने गरेको भन्दै आवासगृहको सञ्चालनले महिला पत्रकारको हकहितलाई ध्यान दिएको बताउनुभयो ।

आफ्नो लामो समयदेखिको अपेक्षा र चाहना यो कार्यसमितिले पुरा गरेकोमा उहाँले हृदयदेखि धन्यवाद ज्ञापन गर्नुभयो ।
नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठले आवासगृहको सुरुवातले महिलाको केहि आवश्यकता र मागहरुलाई सम्बोधन गरेको अनुभूति भएको बताउनुभयो ।
कर्णालि प्रदेशका उपाध्यक्ष डम्मर आचार्यले आवासगृहको बस्ने अवसर प्रदान भएकोमा खुशी ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, सदस्य मधु शाही लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *