
५ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल, शिल्पी विशेष प्रदेश र नेवाः राष्ट्रिय समिति तथा समाजवादी विद्यार्थी युनियनले सरकारविरूद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । बुधबार प्रतिगमन तथा पेट्रोलियम पदार्थको मुल्य वृद्धि, जातीय विभेद र महिला हिंसाविरूद्ध उनीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले विरोध प्रदर्शनमा निरंकुश प्रधानमन्त्री मुर्दावाद, महिलामाथिको हिंसा बन्द गर, सामाजिक सुरक्षा कायम गर, बढ्दो महँगी नियन्त्रण गर, प्रतिनिधिसभा पुनर्स्थापना गर लगायत प्लेकार्ड बोक्नुका साथै थाल ठटाएर तथा ग्यासको सिलिन्डर बोकेर सांकेतिक विरोध प्रदर्शन गरेका थिए । उनीहरुले प्रतिनिधि सभा विघटन र बढदो हत्या हिंसाको विरोध गर्नुको साथै गरी मुल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका थिए ।
कार्यक्रममा जसपाका केन्द्रीय नेता राजेन्द्र प्रसाद श्रेष्ठले संविधानको धारा ७६ (५) अनुरूप बनेको सरकारले विश्वासको मत लिन नसकेको अवस्थामा बाहेक अरु अवस्थामा संसद विघटन गर्न नपाउने स्पष्ट व्यवस्था रहेको भन्दै राष्ट्रपतिले संविधानको संरक्षक र पालनकर्ताको भूमिका निर्वाह नगरेकोमा आक्रोश व्यक्त गरे । उनले राष्ट्रपती आलंकारिक हुँ भन्दैमा प्रधानमन्त्रीले चौरासी ब्यञ्जन भन्दै घाँस दिएमा पनि खाने हो भनेर प्रश्न गरे ।
Facebook Comments