Loading...
दलित विकास समितिको सदस्यमा रौतहटबाट राजकुमार दास तत्मा नियुक्त ।

ओम प्रकाश यादव
फगुण ६ गते, रौतहट । प्रदेश २ को दलित विकास समितिको सदस्यमा रौतहटबाट राजकुमार दास तत्मा नियुक्त भएका छन ।
आज विहान बसेको प्रदेश मन्त्री परिषद्को बैठकले दलित विकास समितिको सदस्यमा रौतहट घर भएका जनता समाजवादी पार्टीका युवा नेता दासलाई नियुक्त गरेको हो ।
दलितहरुको हक अधिकारका लागि प्रदेश २ सरकारले आज एक उपाध्यक्ष र चार सदस्य रहने गरी पाँच सदसीय दलित विकास समिति चएन गरेको हो । चार सदसीय सदस्य मध्ये एक राजकुमार दास पनि रहेका छन ।

उक्त समितिको उपाध्यक्षमा सर्लाहीका रामप्रवेश बैठालाई नियुक्त गरिएको छ भने सदस्यहरुमा सिराहाकी सेवकी देवी दास, सप्तरीका श्यामसुन्दर सरदार, रौतहटका राजकुमार दास तत्मा र सिराहाकी सुनिता मरिक डोमलाई नियुक्त गरिएको सामाजिक विकास मन्त्री नवलकिशोर साहले जानकारी दिएका छन ।
समितिको अध्यक्ष भने सामाजिक विकास मन्त्री नै रहनेछन् ।

नियुक्त भएका पदाधिकारीहरुले दलित सशक्तिकरण ऐनलाई कार्यान्वयन गर्दै दलितमाथि हुने भेदभाव, हिंसा, अन्या र अत्याचार विरुद्व काम गर्नेछन ।
हालै दलित विकास समितिको सदस्यमा नियुक्त भएका राजकुमार दासले अब दलितलाई हेप्पने, हेल्ला गर्ने, होच्याउने, विभेद गर्ने र अन्याय गर्नेहरुलाई तह लगाउने बताएका छन ।
दलित सशक्तिकरण ऐनलाई टेकेरै नै आफुहरुले दलितहरुको हक अधिकार दिलाउने र दलितमाथी हुने हिंसा र विभेदलाई अन्त्य गर्ने सदस्य दासले बताएका हुन ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *