Loading...
हृदयघातका कारण नेता दाहालको मृत्यु, सभापति देउवादवारा दुःख व्यक्त, आजै दाहसंस्कार

काठमाडौं । नेपाली काँग्रेस ओखलढुंगाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्व सचिव मित्रसेन दाहालको निधन भएको छ । दाहालको शुक्रबार विहान ९ः४५ बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको हो ।  दाहाल २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए l

स्वर्गीय दाहालले राजनीतिक क्षेत्रको साथ साथै लामो समयदेखि दर्जनौं सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध संघसंस्थाहरुमा संलग्न रहँदै आएका थिए । काँग्रेस सभापति शेरबहादुर देउवाले नेता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । अपरान्ह ३ बजे उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको  छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *