Loading...
आफु अब रौतहट क्षेत्र नं ३ बाट सांसद पदमा लडछु– प्रदेश सांसद नागेन्द्र यादव ।

ओम प्रकाश यादव
फागुण ८ गते, रौतहट ।
नेकपा प्रचण्ड माधव पक्षका नेता एवं रौतहटका प्रदेश सांसद नागेन्द्र यादवले आउँदो निर्वाचनमा आफु सांसद पदमा लडने बताएका छन ।
पार्टीले चाहेको खण्डमा आफु सांसद पदमा चुनाव लडन तयार रहेको प्रदेश सांसद यादवले बताएका छन ।

आफनै निवास जयराजपुरमा आज पत्रकारहरुसँग विशेष कुराकानी गर्दै प्रदेश सांसद यादवले अबको प्रतिनिधिसभाको निर्वाचनमा रौतहट क्षेत्र नं ३ बाट सांसद पदमा चुनाव लडने बताएका हुन ।

हाल रौतहट निर्वाचन क्षेत्र नं ३ को क बाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेश सांसद नागेन्द्र यादवले पार्टीले जिम्मेवारी दिए आफु सांसद पदमा पनि चुनाव लडन तयार रहेको बताएका हुन ।

रौतहटको क्षेत्र नं ३ स्थित गुजरा नरपालिका ८ जयराजपुर निवासी प्रदेश सांसद यादवले पार्टीले आफुलाई सांसद वा विद्यायकको जुन पदको लागि टिकट दिएपनि पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्न आफु पछि नहटने उदघोष गरेका हुन ।

सांसदमा लडने सोच आफना रहेकोले पार्टीले जिम्मेवारी दिएपछि सांसद पदमा लडन पछि नहटने उनले बताए ।

आफुले आफना पार्टी नेकपाको पुष्प कमल दहाल प्रचण्ड र माधव कुमार नेपाल समुहबाट नै चुनाव लडने समेत उनले बताए ।

क्षेत्र नं ३ मा विकासको अवस्था देखेर आफु चिन्तित भएको बताउँदै उनले आफना क्षेत्रको चौतर्फ विकासका लागि आफु सांसद पदमा नै लडने बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *