Loading...
संसद विघटन विरुद्ध जसपाले भोली रौतहटको प्रत्येक स्थानीय तहमा विरोध प्रदर्शन गर्दै ।

ओम प्रकाश यादव
फागुण ८ गते, रौतहट ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्ध जनता समाजवादी पार्टी रौतहटले भोली आइतवार प्रत्येक पालिकामा विरोध प्रदर्शन गर्न लागेको छ ।
पार्टिको केन्द्रिय कमिटिको निर्णय अनुसार नै जनता समाजवादी पार्टी रौतहटले भोली जिल्लाभरीको प्रत्येक स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको छ ।

जसपाको आज बसेको बैठकले भोली आइतवार रौतहटका १८ वटै स्थानीय तहमा प्रतिनिधिसभा विघटन विरुद्ध विरोधको कार्यक्रम गर्ने निर्णय गरेको हो ।
भोली विहान ११ बजेदेखी विरोध प्रदर्शनको कार्यक्रम शुरु गर्ने जसपाको तयारी छ ।

ज्नता समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले भोली हुने विरोध प्रदर्शनमा अत्याधिक मात्रामा सहभागी हुन देशभरीका पार्टीका नेता कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेदेखी नै जनता समाजवादी लगाएतका पार्टीले संसद विघटन खारेज गरी संसद पुन बहाली गर्नुपर्ने माग राखेर आन्दोलनरत रहेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *