Loading...
हिमाल पहाड तराइ कोहि छैन पराइ काठमाडौँबाट हुँदै छ मधेशीलाई खेदाइ – प्रदीप यादव

सरोज खिलाडी

वीरगन्ज : वीरगन्जमा मधेस आन्दोलनका सहिदहरुको शालीकको शनिबार अनावरण गरिएको छ। घण्टाघर चोक स्थित प्रहरी चौकीको छेउको खाली जग्गामा मधेस आन्दोलनका ७ जना सहिदका शालीकको आज अनावरण गरिएको हो। जनता समाजबादी पार्टीका प्रतिनिधिसभा सांसद प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले संयुक्त रुपमा शालीकको अनावरण गरेका हुन्।

सांसद यादवको संसदीय कोषको २८ लाख र वीरगन्ज महानगरपालिकाको १० लाख गरी कुल ३८ लाख रुपैयाँको लागतमा सहिद स्मारकका साथै ७ जना सहिदको शालीक निर्माण गरिएको हो। २०७२ सालको मधेस आन्दोलनका क्रममा वीरगन्जमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका सहिद धर्मराज सिंह, दिलिप चौरसिया, सोहन साह कलवार, भोलाप्रसाद तेली, दिनानाथ साह गोढ, शत्रुधन पटेल र आशीष राम गरी ७ जना सहिदको शालीक निर्माण गरिएको हो।

सांसद यादवले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक एंव प्रतिगमनकारी कदमले अहिले संविधान मात्र नभइ प्राप्त राजनीतिक उपलब्धी पनि संकटमा परेको बताए। यसलाई जोगाउन पुन एक पटक मधेसी जनता संघर्षमा होमिएको भन्दै उनले जनताको जनविद्रोहले ओलीले घुडाँ टेक्ने दाबी पनि गरे। यादवले आफू चुनाब लड्ने बेलाको स्मरण गर्दै आफूलाई हराउन आफ्नै पार्टी मा रहेका गद्धार हरु सक्रिय भएको र त्यो पैसा लिएर रक्सि खाने गद्धार हरुलाई आफूले चिनेको समेत दाबी गर्नु भएको छ। यादवले त्यस्तो गद्धार हरु लाइ परास्त गर्दै आफू मधेशी र मधिको भावना सिट कहिले पनि खेलवाड नगर्ने समेत बताउनु भएको छ। उहाले सम्बोधनको क्रममा काठमाडौँमा साइकलमा तरकारी बेच्ने तराइ मधेशको जनतालाइ काठमाडौँ महानगर पालिकाले साइकल र तरकारी कब्जा गर्दा कसैले नबोलेको बेला प्रतिनिधि सभामा गएर सभामुख समक्ष आफूले जोडदार रुपमा अवाज उठाउदै काठमाडौँ महानगर पालिका लाइ चुनाती दिदैं हिमाल पहाड तराइ कोहि छैन पराइ काठमाडौँबाट हुँदै छ मधेशीलाई खेदाइ भनेर अवाज उठाएको र त्यसपछि मात्र उक्त साइकल वालाले आफ्नो सामान फिर्ता पाएको समेत सुनाउनु भएको थियो l

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *