Loading...
जीस्काउने, छुने, यौन हैरानी गर्ने कार्यलाई पनि प्रजनन अस्वस्थाको संज्ञा दीने ? – सन्तोषी
बिश्व स्वास्थ्य सङ्गठन का अनुसार प्रजनन स्वास्थ्य भन्नाले बीरामी वा रोगबाट मुक्त हुनु मात्र न भैइ शारीरिक , मानसिक तथा सामाजिक दृष्टिकोण बाट पुर्ण रूपमा स्वस्थ्य रहनु हो साथै प्रजनन प्रणाली उस्को कार्य र प्रजनन प्रक्रिया को सन्दर्भमा नीरोगी रहनु हो ! मानिस प्रजनन रूपमा पुर्ण स्वास्थ्य हुनका लागि उस्मा प्रजनन अंगहरु ठीक , सबल हुनुमात्र नभैइ प्रजनन तथा यौन समबन्धीत मानसिकता , दृष्टिकोण , अवधारणा सोच आदि पनि सकारात्मक हुनु जरुरी छ ! अर्काको सम्मान मा ठेस पुग्ने गरि जीस्काउने , छुने , यौन हैरानी गर्ने कार्यलाई पनि प्रजनन अस्वस्थाको संज्ञा दीने गरीन्छ !

सन्तोषी साह

प्रजनन स्वास्थ्य भन्नाले मानीसका प्रजनन प्रणाली प्रजनन अंगहरु को स्वास्थ्य , प्रजनन र यौन सम्बन्धि सम्पुर्ण बीषयहरु भन्ने बुझाउदछ , यस अन्तर्गत ब्यक्ति हरु ले ससुरक्षीत र आन्नदमय यौन जीवनयापन गर्न सक्षम छन् , सन्तान जन्माउने क्षमता छ , सन्तान जन्माउने नजन्माउने , कहिले जन्माउने , कति समयमा जन्माउने भन्ने नीर्णय गर्ने स्वतन्त्रता छ भन्ने कुरा हरु पर्दछ्न !
प्रजनन स्वास्थ्य बीषय स्वास्थ्य क्षेत्र संग मात्रै संबंधित नभएर अन्य बीबीध क्षेत्र संग पनि सम्बन्धित छ ! गरिबी लैङ्िगक विभेद र असमानता , सामाजिक अन्याय , सीमान्तकरण र अबीकाशीलता जस्ता तत्व हरु ले प्रजनन स्वास्थ्य लाई असर गर्दछ !
अहिले को समयमा प्रजनन स्वास्थ्य सम्बन्धि योजना र कार्यान्वयन मा कीशोर तथा किशोरी हरु लाई सहभागी गराउन अत्यन्तै आवश्यक छ ! यौन र प्रजनन स्वास्थ्य पुर्ती हुन का लागि बालबीबाह तथा जबर्जस्ती हुने बीबाह रोक्न अहिले को कीशोर किशोरी हरुलाई यौन र प्रजनन स्वास्थ्य शीक्षा वा जानकारीले महत्वपूर्ण भुमिका खेल्न सक्छ !
कीशोराब्यस्थाको प्रजनन स्वास्थ्य समस्या अन्य अवस्था को भन्दा फरक हुन्छ , कीशोराब्यबस्थामा शारीरिक तथा मानसिक परीबर्तन तीब्र रूपमा हुने हुँदा कीशोर कीशोरीमा विभिन्न प्रकारको जिज्ञासा आउने गर्दछ , यति बेलमा पर्याप्त मात्रामा सही जानकारी भएन भने उनीहरू का जीवनमा धेरै असर हरु ( जस्तैः यौनजन्य रोगहरु लाग्ने , बलात्कार तर्फ प्रबृत हुने , लागू पदार्थ दृब्स्यन बन्ने , पढाईमा कमजोर हुने आदि ) पर्न सक्छ ! त्यसकारण अहिले को समयमा कीशोर किशोरी हरु लाई यौन तथा प्रजनन स्वास्थ्य को बारेमा जनचेतनामूलक कार्यक्रममा सहभागी गराउन आवश्यक छ !

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *