Loading...
तानाशाह लाद्ने ओली, तपाइँलाइ सरकारमा बसेर आन्दोलन गर्ने अधिकार कसले दियो ? – राजेन्द्र

सरोज खिलाडी

जनता समाजबादी पार्टीले आज राजधानी काठमाडौँ मै प्रतिगमन बिरुद्ध केन्द्रीय कार्यक्रम अन्तर्गत आज र्‍याली तथा सभा गरेको छ । कार्यक्रममा पुग्नु भएका जसपाका नेता तथा सांसद राजेन्द्र श्रेष्ठले कडा भाषण गर्दै संसद पुनर्स्थापना गराएरै छाड्ने बताउनु भएको छ। उहाले देशमा भैरहेको महिला हिँसा तथा बलात्कारको बारेमा सरकार मौन रहेको र कडा कदम चाल्न समेत अक्षम भएको आरोप समेत लगाउनु भएको छ। प्रधानमन्त्री ओली नै अध्यक्ष रहेको नेकपाले बिराटनगरमा गरेको बृहत आम सभामा अदालत लाइ धम्क्याएको भन्दै अब ओलीको तानाशाह र हिट्लर प्रवृति धेरै दिन नचल्ने र जनताले नै घोक्रयाएर सिंहदरवार बाट निकाल्ने बताउनु भएको छ । उहाले सत्तामा रहेको बेला अमेरिकी राष्ट्रपति ट्रमले देखाएको प्रवृति आज नेपालमा ओलीले देखाउन थालेको समेत बताउनु भएको छ । उहाले भन्नुभयो – ” ओलीको हालत ट्रमको जस्तै नेपाली जनताले गर्ने छ । उहाले राष्ट्रपति बिध्यादेबी भण्डारीलाइ प्रश्न गर्दै भन्नुभयो – राष्ट्रपति ज्यु तपाइँ नेपाली जनताको राष्ट्रपति हो कि ओली गुटको ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *