Loading...
श्रेष्ठले गरे प्रहार- आन्दोलन नगर्ने देउवाको नियत निर्वाचन भए च्याप कुर्सी छेकौला हो

९ फागुन, काठमाडौं । आज प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै जनता समाजवादी पार्टी, नेपालले देशव्यापी रूपमा जनप्रदर्शन तथा विरोध सभा आयोजना गरेको छ । काठमाडौंमा जनता समाजवादीको नेवाः राष्ट्रिय समिति तथा पार्टीसम्बद्ध भातृसङ्गठनहरूको संयुक्त आयोजनामा शान्तिबाटीकाबाट सुरु भएको जनप्रदर्शनमा आन्दोलनकारीहरूले ‘असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम खारेज गर’, ‘प्रतिनिधिसभा पुनस्र्थापना गर’, ‘ओली सरकारको चमत्कार भ्रष्टाचार र वलात्कार’ जस्ता नारा लगाउँदै बाङ्गेमुढामा पुगेपछि विरोध सभामा परिणत भएका थिए ।
विरोध सभामा प्रमुख अतिथि तथा पार्टीका प्रभावशाली नेता राजेन्द्र प्रसाद श्रेष्ठले  नेपाली काङ्ग्रेसलाई इतिहासबाट शिक्षा लिएर संयुक्त जनआन्दोलनका लागि तयार हुन आह्वान गरे । निर्वाचन भए आफ्नो लागि सिंहदरवारको कुर्सी खाली हुन्छ भनेर सोच्नु गलत भएको बताउँदै उनले भने, ‘नेपाली काङ्ग्रेसका नेता शेरवहादुर देउवा आफैले संसद विघटन गरी घोषणा गरेका निर्वाचन गराउन नसक्दा राजाले सत्ता हातमा लिएको र जनआन्दोलनको माध्यमबाट संसद पुनस्र्थापना भएको इतिहासबाट शिक्षा लिनु पर्छ ।’ प्रतिगमनको जगमा हुने निर्वाचनले लोकतन्त्र बलियो हुँदैन भन्दै उनले भने, ‘कोदो बारीमा फापर फल्दैन ।’
विघटीत प्रतिनिधिसभाका सदस्य समेत रहेका श्रेष्ठले अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने विश्वास व्यक्त गर्दै भने, ‘अदालतले कुनै सेटिङको आधारमा होइन, संविधानको आधारमा संसद पुनस्र्थापना गर्ने छ, नगरे संयुक्त जनआन्दोलनको आँधिबेहरी सुजना हुने छ र त्यसले विगतमा जस्तै संसद पुनस्र्थापना गर्ने छ । त्यसपछि ओलीलाई मरेको लाशलाई उपियाँले पनि छोडे जस्तै अहिले सत्ताको पछाडी दौडेकाहरूले पनि छोड्ने छ ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *