Loading...
नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले तत्काल राजिनामा दिनुपर्छ ः मन्त्री योगेन्द्र यादव ।

ओम प्रकाश यादव
फागुण ११ गते, रौतहट । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले नैतिकताको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजिनामा दिनुपर्ने बताएका छन ।

सर्वोच्च अदालतले आज संसद विघटन गर्ने सरकारको निर्णय बदर गरिसकेकोले प्रधानमन्त्री ओलीलाई अझै अलिकति पनि नैतिकता छ भने तत्कालै प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने राज्य मन्त्री यादवले बताएका छन ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि प्रधानमन्त्री ओलीले अब पदमा बसिरहनुको कुनै आवश्यक्ता नरहेको उनले बताए ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका मन्त्री योगेन्द्र यादवले अहिले पनि थोरै नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन ।

मन्त्री यादवले अघि भने, ‘संविधान नै उल्टाउन खोज्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, नभए संसदले उहाँलाई हटाउँछ ।’
अझै अर्को नौटंकी गरे ओलीको दुर्गती हुने उनको चेतावनी छ ।
कृषि राज्य मन्त्री यादवले सर्वोच्च अदालतको फैसलाको स्वागत समेत गरेका छन् ।

पत्रकारसँग आज विशेष कुराकानी गर्दै राज्य मन्त्री यादवले अदालतको फैसलाले सम्पुर्ण नेपाली जनताको जित भएको बताए ।
सर्वोच्चले गरेको फैसलाले आम जनताको न्यालयमाथी अझै विश्वास बढेको समेत उनले बताए ।

संसद विघटन गर्ने ओली सरकारको निर्णय सर्वोच्चले बदर गर्दै संसद पुर्नस्थापनाको बाटो खोलेपछि अब ओलीको तानाशाही समाप्त भएको समेत उनले बताए ।
न्यालयले लोकतन्त्र, गणतन्त्र, संविधान, देश र जनताको पक्षमा गरेको फैसलालले नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित भएको मन्त्री यादवले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *