Loading...
अख्तियारका प्रमुख देखि प्रदेश २ को प्रदेश प्रमुख राजेश झा सम्मकाे नियुक्ति बदर हुने

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्माओलीको प्रतिनिधि सभाको विघटन बदर गरेसँगैै पुस ५ पछिका सबै राजनीतिक नियुक्ति खारेज हुने भएका छन् । सरकारले प्रतिनिधिसभाको विघटन पछि विभिन्न राजनीतिक नियुक्ति दिएको थियो भने संबैधानिक नियुक्ति पनि प्रकृया संगत भएका थिएनन् ।

सरकारले अख्तियारका प्रमुख र एक आयुक्त, निर्वाचन आयाेगका दुइ जना आयुक्तहरूलाइ संसद बिघटन भएकाले संसदीय सुनवाइ नगरी नियुक्ति दिएकाे थियाे । पुष ५ अघि नियुक्त भएपनि उनीहरूकाे नियुक्ति खारेजी हुने देखिएकाे छ ।
प्रदेश दुईको प्रदेश प्रमुख राजेश अहिराजकाे नियुक्ति पनि बदर हुने देखिएकाे छ । यस्तै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालकाे नियुक्ति पनि खेर जाने संभावना छ ।

merolagani

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *