

रेखा यादव
रहस्यमय कुर्सी
———————
यसो गर्दा नि हुन्न उसो गर्दा नि हुन्न
यो कस्तो रहस्य , पर्दा कहिले खुल्दैन
आफू कुर्सीमा बस्दा,आफू कुर्सीमा बस्दा
मानव किरा सरि देखिने
छातिमा गोलि ठोक्दा
आँप झरे भनी दिने।
यो कस्तो रहस्य कुर्सीको?
पेट्रोलको मुल्य वृद्धि भए नि के भो र?
ग्यासको भाउ बढे के भो र?
मुख कसको बन्द भो र?
पेट कस्को खाली छ र?
सडक तताउने रोजगार पाएकै छन
पाल मुनि बसेरै खाएकै छन
अझ मोटर चढी चढि हल्ला गर्न पाएकै छन।
यो कस्तो रहस्यमय जनता?
ए जनता हो पालै पालो पाहुना बनेकै छौ।
सडकमा उभि जोड जोडले चिच्याएकै छौ
के भो र रुखको फल झरे झै तिमी झर्दा
मैले नखाए कोहि अरु ले खाने नै छ।
गाली नगर मलाइ चिच्याइ चिच्याइ
तिमी कुर्सीमा जस्तो थियौ
म बस्दा नि उस्तै हो फरक केवल अनुहारको हो।
हिजाका दिन मैले दिपावली मनाए
आज तिमी मनाउदै छौ।
भुले सबैले सहिदका रातो रगतलाई
सम्झिए रगतले रङिएको कुर्सीलाई
खेले होलि सहिद्को सपना तोडेर
रहस्यमय कुर्सीमा आसन गर्ने सासकले
सधै एउटा किताब पढे
जति रगत बगेनी,हास्नु छ मलाइ
आफू र आफन्तकालागी बाच्नु छ मलाइ
न सम्झाउ सहिदहरुको बारे मलाई
उनको लास माथी नाच्नु छ मलाइ।
यहि हो रहस्यमय कुर्सिको कथा ।
Facebook Comments