Loading...
प्रदेश २ का प्रमुख झालाई संघीयता विरोधी गतिविधि नगर्न मन्त्री योगेन्द्र यादवको चेतावनी ।

ओम प्रकाश यादव
फागुण १४ गते, रौतहट ।
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले प्रदेश प्रमुख राजेश झालाई संघीयता विरोधी गतिविधि नगर्न चेतावनी दिएका छन ।
प्रदेश प्रमुख झाले प्रदेश सरकारविरुद्ध गम्भीर षड्यन्त्र गर्दै राष्ट्र सेवक कर्मचारीहरुलाई सरकार विरोधी कार्य गर्न निर्देशन दिएको राज्य मन्त्री यादवले आरोप लगाएका हुन ।
प्रदेश प्रमुख झाले प्रदेश सरकारका मुख्यसचिव, सचिव, अधिकृत र राष्ट्र सेवक कर्मचारीहरुलाई शिष्टाचार भेटघाटको नाममा प्रदेश सरकारलाई असहयोग गर्ने गरि दिएको निर्देशनप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको राज्य मन्त्री यादवले बताए ।

प्रदेश प्रमुख झाले संघीयता विरोधी चरित्र देखाउँदै राष्ट्रसेवक कर्मचारीलाई आफुसँग सहकार्य र समन्वय गर्न निर्देशन दिएको जानकारी मलाई प्राप्त भएको उहाँले बताउनुभयो ।
प्रदेश प्रमुख झाले राष्ट्रसेवक कर्मचारीहरुलाई शिष्टाचार भेटघाटको नाममा प्रदेश प्रमुखको कार्यालयमा बोलाएर संघीयता विरोधी क्रियाकलाप गर्नु भएको मन्त्री यादवले बर्ता ।
प्रदेश प्रमुख जस्तो जिम्मेवार व्यक्तिबाट यस्तो क्रियाकलाप भएकोप्रति राज्य मन्त्री यादवले गम्भिर आपत्ति जनाउँदै यसलाई घोर भर्तस्ना समेत गरेका छन ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका कृषि राज्य मन्त्री यादवले प्रदेश प्रमुख झाले असंवैधानिक र प्रदेश सरकार विरोधी गतिविधि गरिरहेको आरोप लगाएका छन् ।

राज्य मन्त्री यादवले प्रदेश सरकार र संघीयता विरोधी गतिविधि नगर्न प्रदेश प्रमुख झालाई चेतावनी दिएका छन ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका असंवैधानिक कदम उल्ट्याइदिएको भन्दै प्रधानमन्त्री ओलीले पुस ५ गतेयता गरेका हरेक निर्णय र नियुक्तिहरु समेत बदर हुने भएकोले तत्काल खारेजीको माग समेत उनले गरेका छन ।

राज्य मन्त्री यादवले समाजिक संजालमा स्टाटस लेख्दै यस्तो बताएका हुन । उनले यस्तो स्टाटस लेखेका छन् –सर्वोच्च अदालतको फैसलाका मुख्य अंशमध्ये पुस ५ गतेपछिका राजनीति नियुक्ति स्वत बदर हुन गएकाले प्रदेश प्रमुख राजेश झा अहिराजको अवैधानिक क्रियाकलाप तत्काल रोक्न समाजवादी युवा संघले जोडदार माग गर्दछ ।
साथै सरकारको कार्यकारी प्रमुख जस्तै मन्त्रालयका बहालवाला सचिवलगायत अधिकृतलाई बोलाएर लालबाबु राउत सरकारको निरोधमा समेत प्रदेश प्रमुखले निर्देशन जारी गर्नु समेत आपत्तिजनक रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *