Loading...
नायिका नचाउन किसानको उठिबास, मन्त्री साहले बालीको उचित मुअब्जा नदिएको किसानको गुनासो ।

ओम प्रकाश यादव
फागुण १७ गते, रौतहट ।
शहरी विकास मन्त्री प्रभु साहले गृह जिल्ला रौतहटमा किसानहरुले मिहिनेत पसिना बगाएर लगाएको गहुँ बाली नष्ट गरेर मेला लगाउन लागेका छन ।
रौतहट जिल्लाको मौलापुर नगरपालिकाको पतौरामा आगामी फागुन २७ गते पुरातात्विक महादेव मन्दिरको प्रांगनमा मेला तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
शिवरात्रीको अवसरमा फागुन २७ गते मौलापुर महोत्सव भन्दै मन्त्री साह र उनकै श्रीमति मेयर रहेकोे मौलापुर नगरपालिकाले उक्त मेलाको आयोजना गर्न लागेको छ ।
सो मेलाका लागि शहरी विकास मन्त्री साहले मन्दिरको वरीपरी लगाइएको गरिव किसानहरुको गहुँबालीलाई डोजर लगाएर नष्ट गराएको पिडिति किसानहरुले बताएका छन ।
मन्त्री साहले आफुहरुसँग कुनै सरसल्लाह नगरी आफना मनोमानी तरिकाले गहुँबाली नष्ट गरिदिएको र सो वापत उचित मुअब्जा समेत नदिएको किसानहरुले गुनासो गरेका छन ।
समाजिक सञ्जालमा भाइरहल भएको एक भिडियोमा स्थानीय एक महिलाले मन्त्री प्रभु साहले मेला लगाउनको लागि आफ्नो ५ कठ्ठा जमिनमा लगाएको गहुँ बाली नाश गरिदिएको बताएकी छन् ।
मेलाकै लागि पहिलेदेखि नै आसपासको जग्गामा समेत बाली लगाउन नदिएको आरोप लगाउँदै ती महिलाले लगाएको बालीलाई समेत नष्ट पारिदिएको भन्दै भक्कानिएर रोइरहेको देखिएको छ । उनले बाली लगाउन नदिएको जमिनको मुआब्जा समेत नदिने गरी लगाइएको बालीको पनि उचीत मुआब्जा नदिएको भन्दै भक्कानिए ।
अधिकांश किसानले उचित मुआब्जा नदिएको भन्दै गुनासो गरेका छन ।
समान्यत एक कठ्ठामा कम्तीमा पनि ३ मन अर्थात करिब सवा क्वीन्टल गहुँ उब्जीने गरेकोमा मन्त्री साहले ठाडो रुपमा कुनै सहमति नै नगरी अढाई मनको मुल्य मात्र दिएको बताइएको छ ।
त्यस्तै मौलापुर नगरपालिकाले एक कठामा उत्पादन हुने गहुबालीको सटा २५ सय रुपैया र एक कठामा उत्पादन हुने मसुरो बाली वापतको १५ सय रुपैया मात्र दिएको बुझिएको छ ।
बाँझो बाहेकका जग्गामा लगाइएको गहुँ बाली नष्ट गर्न थालेपछि स्थानीयहरुले मन्त्री साहले गुण्डागर्दी गरेको आरोप पनि लगाएका छन् । साहले भोजपुरी नायिका नचाउन किसानको बाली नष्ट गरेर उठिबास लगाएको आरोप लागेको छ ।
यद्यपी, मन्त्री साहले उनीहरुसँग पहिले नै कुराकानी गरी मुआब्जाको कुरा मिलाएको बुझिएको छ । स्थानीयहरुले मुआब्जा अझै थप्नुपर्ने मनसाय देखाएपनि खुल्ला रुपमा भने बोल्न सकेका छैनन् । मौलापुर नगरपालिकाले भने किसानको नष्ट भएको बालीको उचित मुअब्जा दिएको दावी गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *