
रुपेश शर्मा
जनता समाजबादी पार्टी नेपालका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले जसका विरुद्ध लड्नुपर्ने हो उनीहरुसँगै एक दुईवटा मन्त्रालय मागेर सरकारमा जानुपर्ने अवस्थाको अब अन्त्य गरिने बताएका छन् ।
जसपाको प्रचार विभागले सोमबार काठमाडौंकाे अनामनगरस्थित युनियन हाउसमा आयोजना गरेको एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले अरु दलसँग एक दुईवटा मन्त्रालय मागेर सरकारमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने दिशामा आफूहरु हिडिरहेको बताएका छन् ।
उनले कांग्रेस, कम्युनिस्ट र जसपाको त्रिकोणत्मक शक्ति बनाउने र छिट्टै नै देशलाई नै नेतृत्व गर्ने शक्ति निर्माण गर्नका लागि पार्टी एकीकरण गर्दै जसपा निर्माण गरिएको बताए । उनले कांग्रेस र कम्युनिस्ट पार्टीहरुले नेपालमा संघीय गणतन्त्र नचाहेको समेत बताए । सो क्रममा उनले आफूहरुको पार्टी मूलतः समावेशी लोकतान्त्रिक पार्टी भएको प्रष्ट पारे ।
‘प्रचार रणनीति तथा प्रशिक्षण’ नाम दिइएको उक्त कार्यक्रममा जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले प्रचार रणनीति तथा कार्यक्रमको औचित्यबारे बताएका थिए ।
Facebook Comments