Loading...
वडा अध्यक्ष यादवले आफनै फोटो टाँसेपछि धर्मपुर यज्ञमा विवाद, झडपको स्थिती सृजना ।

ओम प्रकाश यादव
फागुण १९ गते । रौतहटको गढिमाई नगरपालिका ६ सिंगारमन धर्मपुरमा आजदेखी शुरु भएको श्री विष्णु पुराण महायज्ञमा विवाद शुरु भएको छ ।
सार्वजनिक यज्ञमा वडा अध्यक्ष राम सिंहासन यादवले आफना व्यक्तिगत फोटो सहितको बैनर टाँसेपछि यज्ञमा विवाद शुरु भएको हो ।

सार्वजनिक यज्ञ भएकोले यसमा साधु सन्तको फोटो राख्नुपर्ने स्थानीयहरुको माग छ तर वडा अध्यक्ष यादवले यज्ञ स्थल र त्यसको वरीपरी बासँबाट बनाइएको गेटहरुमा आफनै फोटो सहितको बैनर टासेका छन ।
सार्वजनिक यज्ञमा वडा अध्यक्षले आफना व्यक्तिगत फोटो सहितको बैनर टास्न नपाउने भन्दै स्थानीयहरुले विरोध गरेका छन । फोटोकै विषयलाई लिएर आज विहान स्थानीय र वडा अध्यक्षको समुहबीच झडपको स्थिती समेत सृजना भएको थियो ।

स्थानीयहरुले वडा अध्यक्षको फोटो सहितको बैनर च्यातन खोज्दा वडा अध्यक्ष पक्षले रोकेपछि विवाद भै झडपको स्थीती आएको स्थानीय सुनिल यादवले बताएका छन । सो क्रममा स्थानीयहरुले कतिपय गेटमा टाँसिएको वडा अध्यक्ष यादवको फोटो च्यातेर फालिदिएको छ भने केहि गेटमै अझै उनको फोटो टासिएको नै छ ।
बैनर च्यातनेलाई नाकको हडी भाचिदिने वडा अध्यक्षको पक्षबाट धम्की समेत आएको स्थानीयहरुले बताएका छन । तर वडा अध्यक्ष यादवले यज्ञ हेर्न आउने आगन्तुकहरुलाई वडा अध्यक्षको हैसिएतले स्वागत गर्नका लागि मात्र फोटो टाँसेको र यसलाई अन्याथा नलिन आग्रह गरेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *