Loading...
अबैध नदिजन्य पदार्थ उत्खन्न गर्नेलाई कार्यवाही गर्न जंगल संरक्षणले सिडियोलाई बुझाए ज्ञापनपत्र ।

ओम प्रकाश यादव
फागुण २० गते, रौतहट ।
रौतहटको नदिहरुबाट नदिजन्य पदार्थहरुको अवैध उत्खन्न बन्द गर्नुपर्ने माग गर्दै चुरे तथा वन जंगल संरक्षण अभियानले आज जिल्ला प्रशासन कार्यालय रौतहटलाई ज्ञापन पत्र बुझाएको छ ।

रौतहटको दुई ठुल्ला नदि बागमति र लालबकैयामा पछिलो समय ठेकेदारहरुले मापदण्ड विपरीत बालुवा, गिटि र ढुंगा उतखन्न गर्ने क्रम बढेकोले यस कार्यलाई तत्काल रोक्नुपर्ने माग राख्दै चुरे तथा वन जंगल संरक्षण अभियानल जनकपुरले आज रौतहटका प्रमुख जिल्ला अधिकारी सिडियो इन्द्रदेव यादवलाई ज्ञापन पत्र बुझाएको छ ।
यस संरक्षण अभियान प्रदेश २ का संयोजक सुनिल कुमार यादवको नेतृत्वमा गएको समाजिक अभियन्ताहरुको टोलीले सिडियो यादवलाई ज्ञापन पत्र बुझाएका हुन ।
जिल्लाका नदिहरुबाट अबैध रुपमा हुने बालुवा, गिटी र ढुङगा चोरी निकासीले गर्दा चुरे क्षेत्र र यहाँका वन जंगल विनास हुँदै गएको भन्दै यस कार्यलाई अविलम्ब बन्द गर्नुपर्ने भन्दै वन जंगल संरक्षण अभियानले सिडियो यादवलाई गम्भिर ध्यानाकर्षण गराएको छ ।

जिल्लाको खोलाबाट भइरहेको अबैध नदि जन्य पदार्थ उत्खन्नलाई रोक्नुपर्ने तथा अबैध उत्खन्न गर्ने ठेकेदारहरुलाई कार्यवाहीको दाएरामा ल्याउनुपर्ने माग राख्दै आफुहरुले जिल्ला प्रशासन कार्यालय रौतहटको माध्यमले प्रधानमन्त्री कार्यालय सिंहदरबार, वन तथा वातावरण मन्त्रालय काठमाडौं, भू संरक्षण मन्त्रालय काठमाडौं, प्रदेश २ को मुख्यमन्त्री कार्यालय, उद्योग पर्यटन तथा वन मन्त्रालय, जिल्ला प्रहरी कार्यालय रौतहट, जिल्ला समन्वय समिति रौतहट, डिभिजन वन कार्यालय रौतहटलाई ज्ञापन पत्र बुझाएको अभियानका संयोजक यादवले बताएका छन ।

रौतहटको चन्द्रपुर र गढिमाई नगरपालिकाको बागमति तथा फतुवा विजयपुर नगरपालिकाको लालबकैया नदिबाट मापदण्ड विपरीत बालुवा गिटि उत्खन्न गर्ने कार्य धमाधम भइरहेको विज्ञप्तीमा उल्लेख छ ।
चन्द्रपुर, गढिमाई र फतुवा विजयपुर नगरपालिकाको जनप्रतिनिधि र जिल्ला समन्वय समिति कार्यालयका पदाधिकारीको मिलोमतोमा ठेकेदारहरुले मापदण्ड विपरीत नदिबाट बालुवा, गिटि र ढुंगा उत्खन्न गरी विक्रि वितरण समेत गर्ने गरेकोले यस कार्यलाई तत्काल बन्द गर्नुपर्ने माग राख्दै अभियानले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

अबैध रुपमा भइरहेको उत्खन्नलाई बन्द गरी छानविन गरेर दोषी ठेकेदारलाई कानुन बमोजिम कडाभन्दा कडा कार्यवाही गर्न अभियानले माग गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
खोला जन्य पदार्थको अबैध उत्खन्नले गर्दा रौतहटको वन जंगल तथा चुरे क्षेत्र दिनप्रतिदिन विनास हुँदै गएको छ ।
चुरे तथा वन जंगलको विनासले गर्दा मधेशको भूमिको अस्तित्व संकटमा पर्दै गएको छ ।

वर्षायाममा विक्राल रुप लिनु तथा गर्मीको मौसममा जमिनको सतहभन्दा पानीको सतह धेरै मुनि जानुको मुख्य कारण चुरे तथा वन जंगलको विनास नै रहेको छ त्यसैले चुरे तथा वन जंगलको संरक्षण गर्न हामी जोडदार माग गर्दछौ भने कुरा विज्ञप्तीमा उल्लेख छ ।

रौतहटको खोलाबाट अबैध रुपमा बालुवा तथा गिटिको निकासी हुँदा समेत जिम्मेवार निकाय मौन रहनु दुखद भएको अभियानले जनाएको छ ।
सम्बन्धित निकायले अब पनि रौतहटको नदिजन्य पदार्थ उत्खन्नलाई रोकेन भने आफुहरु शसक्त रुपमा आन्दोलन गर्न बाध्य हुने चुरे तथा वन जंगल संरक्षण अभियान जनकपुरले विज्ञप्ती मार्फत नै चेतावनी समेत दिएको छ ।
यता ज्ञापन पत्र बुझनुहुँदै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्ला भित्र प्राकृतिक स्रोत साधनहरु अनाधिकृत रुपमा दोहन तथा चोरी निकासी गर्ने जोकोहीलाई पनि नछोडने र कानुनको दायरामा ल्याउने बताउनुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *