Loading...
जसपाको सांसद किन्ने हैसियत कसैसंग छैन, मुद्दा सम्बोधन गर्नेलाइ हाम्रो समर्थन – नेता सुमन

सरोज खिलाडी

जनता समाजबादी पार्टीका नेता मानिस सुमनले तत्काल पार्टी सरकारमा नजाने बताउनु भएको छ । संघीय अनलाइन संग कुरा कानी गर्नु हुँदै नेता सुमनले भन्नु भयो – ” जसपा नेपाल दुइ चार वटा मन्त्रालय पाएर सरकारमा जाने चक्करमा छैन।” उँहाले जसपाका सांसद किन्ने हैसियत समेत कुनै पार्टी संग नभएको बताउनु भएको छ । एक फरक प्रसंगमा नेता सुमनले भन्नु भयो – ” जुन प्रधानमन्त्रीले आफैले प्रतिनिधि सभा विघटन गर्नु भयो त्यहि प्रधानमन्त्री र उनका चाटुकारहरु कसरी सरकारमा जान्छन ? र कसरी प्रधानमन्त्री त्यहि बिघटित संसद मा फेस गर्ने मुडमा हुनुहुन्छ।” संघीय अनलाइनले सरकारमा जसपा जादैन भन्ने प्रश्नमा नेता सुमनले मधेशको मुद्धा जसले सम्बोधन गर्छ उसलाई हामी समर्थन दिन सक्छौ । समेत भन्नु भएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *