Loading...
अहङ्कारमा डुबेको सनक प्रधानमन्त्री ओलीको अन्त्य सद्दाम र गद्दाफीको जस्तै हुन्छ -सुमन

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रदेश २ का प्रदेश सभा सदस्य मनिष सुमनले प्रधानमन्त्री ओलीलाई जसपा नेपाल ले कुनै प्रकारको सहयोग नगर्ने बताउनु भएको छ । उहाँले प्रधानमन्त्री ओलीले राजीनामा दिए ठीकै छ, नत्र प्रतिनिधिसभाबाट गलत्याएर हटाउने चेतावनी समेत दिनु भएको छ । रातोपाटि अनलाइन ले लिएको अन्तर्वार्ता मा नेता सुमन ले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते चाल्नुभएको कदमलाई सम्मानित सर्वोच्च अदालतले खारेज गरेको त तर प्रधानमन्त्री अहिले पनि एकदमै गैरजिम्मेवार रूपमा प्रस्तुत भइरहनुभएको बताउनु भएको छ । उहाले भन्नु भयो – पुस ५ गते उहाँले चालेको कदमलाई त सम्मानित अदालतले बदर गरिदिएको छ । यस्तो निर्णय आएपछि उहाँले विगतका नेताहरूबाट सिक्नुपर्थ्यो । तर त्यसो गर्नुभएन । रातोपाटि ले सोधेको एक प्रस्न को उत्तर दिदै उहाले –गद्दाफीको अन्त्य कसरी भयो ? अमिनको अन्त्य कसरी भयो ? सद्दाम हुसैनको अन्त्य कसरी भयो ? यत्रा ठूल्ठूला शासकहरूका विरोधी नै थिएनन् तिनीहरूका देशमा । तर उनीहरूलाई त जनताले फालिदिए ।

नेपालमा त अझै सङ्घीय लोकतान्त्रिक व्यवस्था छ । प्रतिनिधिसभा पुनर्जीवित भएर आएको छ । प्रेस स्वतन्त्रता छ । यस्तो मुलुकमा कोही व्यक्ति म तानाशाह भएर उभिन्छु । मेराविरुद्ध बोल्नेलाई म तह लगाइदिन्छु भनेर घमण्ड नगरे हुन्छ । जनता जागिसकेका छन् । साढे तीन सय वर्षको राजाको शासनलाई जनताले सहजै हटाइदिए, ओली को हो र ! उहाँको यो अहङ्कार केही दिनका लागिमात्र हो । फागुन २३ गते संसद्को बैठक बस्दैछ । त्यसपछि घटनाक्रमलाई हेर्दै जानु होला । प्रतिनिधिसभाबाट उहाँले राजीनामा दिनुभयो भने ठीकै छ नभए जनताले चाहेअनुसार नै प्रतिनिधिसभाबाट गलत्याएर प्रधानमन्त्रीबाट हटाउँछन् भन्नु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *