Loading...
रौतहटको धर्मपुरमा एक दिने निशुल्क बाली स्वास्थ्य उपचार शिविर सम्पन्न ।

ओम प्रकाश यादव
फागुण २१ गते, रौतहट ।
रौतहटको गढिमाई नगरपालिका ७ धनाडी धर्मपुर स्थित माध्यमिक विद्यालयमा आज एक दिने निशुल्क बाली स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ ।
बाली संरक्षण प्रयोगशाला सिरहाको आयोजनामा सञ्चालित शिविरमा सर्यौ किसानहरुको बालीनालीको निशुल्क औषधी उपचार गरिएको छ भने निशुल्क औषधी पनि वितरण गरिएको छ ।
शिविरमा विभिन्न गाउँको गरी एक सय ३१ जना किसानले प्रत्यक्ष लाभ लिएका छन ।

प्रदेश २ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री माननीय योगेन्द्र यादवको प्रमुख आतिथ्यमा आयोजित शिविरमा धनाडी धर्मपुर, सिंगारमन, पकहा बखरी, माधोपुर लगाएत गाउँका सयौ किसानहरुले लाभ लिएका छन ।

शिविरमा किसानहरुले आ आफना रोग लागेको विभिन्न किसिमको बाली, रुख तथा बोटविरुवाको नमुना लिएर गएका थिए ।
किसानहरुले लिएर गएको बाली, रुख तथा विरुवामा लागेको रोगको पहिचान गरी निशुल्क औषधी वितरण गरिएको छ भने औषधी कसरी प्रयोग गर्ने भने बारेमा सिकाइएको हो ।
बाली संरक्षण प्रयोगशाला सिरहाका अधिकृत मोहन महतो लगाएतका टिमले किसानहरुको बालीनालीमा लागेको रोगहरुको पहिचान गरी नशुल्क औषधी उपचार गरेका छन ।
शिविरमा ल्याइएका अधिकांश बाली, रुख तथा विरुवामा लाही किराको प्रकोप बढी देखिएको बाली संरक्षण प्रयोगशाला सिरहाका अधिकृत मोहन महतोले बताएका छन ।
कृषि राज्य मन्त्री योगेन्द्र यादवको विशेष पहलकदमीमा यो शिविर सञ्चालन भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *