Loading...
केहि मिडियाले आफना बारेमा गलत खबर लेखेर जनतालाई भ्रमित गर्न खोज्यो ः मन्त्री यादव ।

ओम प्रकाश यादव
फागुण २१ गते, रौतहट ।
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवमाथी हातपात भएको भनी विभिन्न सञ्चारमाध्यममा आएको खबर झुठा एवं भ्रामक रहेको पाइएको छ ।
केहि अनलाईन मिडियामा कृषि राज्य मन्त्री योगेन्द्र यादवलाई जनकपुरको एक कार्यक्रममा स्थानीयहरुले हातपात गरेको भनी खबर प्रकाशन भएको छ ।
राज्य मन्त्री यादवलाई स्थानीयले हातपात गरेको भनी आएको खबर कपोकल्पित, झुठा एवं भ्रामक रहेको मन्त्री यादवका प्रेस सल्लाहकार ओम प्रकाश यादवले बताएका छन ।
केहि मिडियाले राज्य मन्त्रीलाई बदनाम गराउन यस्ता झुठा खबर लेखेर जनतामा भ्रम फैलाउने कार्य गरेको सल्लाहकार यादवले बताएका छन ।
मन्त्री यादवको बारेमा सञ्चारमाध्यममा आएको झुठा खबरको पछि नपर्न समेत उनले सबैलाई आग्रह गरेका छन ।

सल्लाहकार यादवका अनुसार कृषि राज्य मन्त्री योगेन्द्र यादवले आज जिल्ला सहकारी संघ लि. धनुषाको वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न जादा संघका पदाधिकारीहरुमै हिसाव कितावको विषयमा कुरा नमिल्दा विवाद भएको थियो ।

विवाद भएपनि मन्त्री यादव अथवा कसैमाथी पनि कुनै किसिमको हातपात नभएको यादवले बताए ।
आफुमाथी कसैले पनि हातपात नगरेको भएपनि सञ्चारमाध्यममा आएको यस्तो झुठा, भ्रामक खबरप्रति आफनो गम्भिर ध्यानाकर्षण भएको राज्य मन्त्री यादवले समेत बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *