Loading...
मधेशको मुद्धामा केपी र प्रचण्ड दुवै घातक, बिप्लव जस्तै रेशमलाई किन छाडिएन – अगरिया

२४ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा सांसद उमा शंकर अगरियाले प्रधानमन्त्री केपी ओली र प्रचण्ड दुवै मधेशका लागि घातक भएको बताउनु भएको छ। उहाले सो कुरा संघिय अनलाइनका पत्रकार सरोज खिलाडीले सोधेको प्रश्नका क्रममा भन्नु भएको हो । बर्तमान अबस्थामा जसपा सरकारमा जानु उचित कि अनुचित भन्ने प्रश्नको उत्तर दिदै सांसद अगरियाले भन्नु भयो – पार्टी सरकारमा जान्छ कि जादैन यसको बारेमा पार्टीले नै निर्णय गर्छ तर मेरो व्यक्तिगत धारणा के रहेको छ भने – “मधेशको मुद्धा सम्बोधन नगराई सरकारमा जानु अनुचित हुन्छ। अहिले पनि मधेश आन्दोलनका क्रममा झुटा मुद्धा लागेकाहरु थुनामा छन्। घाइतेहरुले उपचार गराउन सकेका छैनन्। माननीय रेशम चौधरी थुनामा हुनुहुन्छ । पहिला यी मुद्धाहरुलाई सम्बोधन नगराई सरकारमा जानको लागि सानो सम्झौता गराई सरकारमा जानु अनुचित हुनेछ। साथै उहाँले बिप्लव समुह मूल धारको राजनीतिमा फर्किनु भएकोमा स्वागत योग्य कदम भएको बताउनु भएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *