Loading...
मुख्यमन्त्री राउत र राज्य मन्त्री यादवद्धारा रौतहटमा सुविधा सम्पन्न ग्राण्डी हस्पिटलको उदघाटन ।

ओम प्रकाश यादव
फागुण २६ गते, रौतहट ।
रौतहटको मध्य भाग गरुडा झाँझपुलमा आजदेखी अत्याधुनिक सुविधा सम्पन्न रौतहट ग्राण्डी हस्पिटल एण्ड आई केयर सेन्टर सञ्चालनमा आएको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले झाँझपुलमा सञ्चालित रौतहट ग्राण्डी हस्पिटल एण्ड आई केयर सेन्टरको आज समुदघाटन गर्नुभएको छ ।
प्रदेश २ का मुख्यमन्त्री राउत र भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव दुवैजनाले संयुक्त रुपमा आयोजित एक समारोहका बीच उक्त हस्पिटलको उदघाटन गर्नुभएको छ ।
मुख्यमन्त्री राउत र कृषि राज्य मन्त्री यादवले उदघाटन गरेसँगै रौतहट ग्राण्डी हस्पिटल एण्ड आई केयर सेन्टर प्रा.लि. विधिवत रुपमा आजदेखी सञ्चालन भएको हो ।
हस्पिटलको उदघाटन पछि आयोजित उदघाटन समारोह कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले रौतहटमा पहिलो पटक धेरै सुविधा भएको ठुलो हस्पिटलको रुपमा गा्रण्डी हस्पिटल सञ्चालन भएकोले रौतहटवासीको लागि ठुलो उपलब्धी भएको बताउनुभएको छ ।

रौतहटमै अत्याधुनिक सुविधा सम्पन्न हस्पिटल सञ्चालन भएकोले रौतहटवासीलाई स्वास्थ्य उपचारका लागि अब विरगंज, जनकपुर, काठमाडौं सहित बाहिर जानुपर्ने बाध्याता अन्त्य भएको मुख्यमन्त्री राउतले बताएका हुन ।
रौतहटमा गरिवि, अशिक्षा, बेरोजगारी, भोकमरी व्याप्त रहेकोले गरिव वर्ग एवं समुदायलाई जिल्लामा राम्रो हस्पिटल नहुँदा उपचार गराउन समस्या हुँदै आएको छ तर अब जिल्लामै एकै ठाउँमा धेरै भन्दा धेरै सुविधा भएको हस्पिटल सञ्चालन भएपछि गरिव वर्गलाई उपचार गराउन सहज भएको मुख्यमन्त्री राउतले बताउनुभयो ।
मानव सुचकांकमा सबभन्दा पछाडि रहेको रौतहटमा अत्याधुनिक मेसिन सहितको ग्राण्डी हस्पिटल सञ्चालन भएकोले अब आफनै गाउँ ठाउँमा यहाँका गरिव परिवारलाई उपचारको लागि विशेष सहयोग पुग्ने मुख्यमन्त्री राउतले विश्वास व्यक्ति गर्नुभएको हो ।
देशको वर्तमान राजनितिक परिवेशमा जनता समाजवादी पार्टी नेपालले देशलाई निकास दिन तथा देशलाई सही दिशामा डोरयाउन सही निर्णय लिनेमा आफु विश्वस्त रहेको समेत उनले बताए ।
हस्पिटलको उदघाटन गर्न रौतहट आउनुभएका मुख्यमन्त्री राउत र राज्य मन्त्री यादवलाई रौतहटका जनताले भव्य स्वागत गरेका छन ।

मुख्य मन्त्री राउतको प्रमुख आतिथ्य तथा गरुडा नगरपालिकाका मेयर इनु राय यादवको अध्यक्षतामा आयोजित उदघाटन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जनता समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष एवं कृषि राज्य मन्त्री योगेन्द्र यादव, प्रदेश २ का विकास समितिका सभापति एवं प्रदेश सांसद शेख फुलबाबु, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य कन्थमनि प्रसाद जयसवाल, जिल्ला समन्वय समिति रौतहटका उपसभापति राम अशिस राय यादव, बौधीमाई नगरपालिकाका मेयर राजिव रंजन यादव, जसपा नेता हरिनारायण राय, कौशल खान मिथिला लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम सञ्चालन प्रदेश २ का दलित विकास समितिका सदस्य राजकुमार दासले गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *