Loading...
अब हुन्छ बहादुर होइन, गर्छु बहादुर हुनुपर्यो, बैमानी शैतानी बन्द” – राजेन्द्र महतो

जनता समाजबादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले सत्ताको लोभी देखाएर आफूहरुलाई मार्न खोजिएको आरोप लगाउनु भएको छ ।
‘सरकारमा जाने भनेर हाम्राबारे सबै वाहियात कुरा आइराखेका छन्, हामीलाई सत्ताको लोभी देखाएर मार्न खोजिँदैछ’, । ‘मिडियाहरु शासनसत्तामा बसेकाहरुको औजारको रुपमा काम गर्दोरहेछन्। मिडियाहरु उस्तै प्रायोजित हुन्छन्। हामीबाट चलेका मिडिया छैनन्, शासकबाट पालितपोलित मिडिया मात्र छन्। त्यसैले उल्टोपाल्टो मात्र देख्दा रहेछन्।’उहाले भन्नु भएको छ।

उहाले जसपाले उठाएका मुद्दाको साथमा रहेको समेत स्पष्ट पार्नु भएको छ । उहाले सरकारमा जाने प्रश्न मा भन्नु भएको छ -“मुद्दा सम्बोधन भएन भने सत्ताको ‘स’पनि उच्चारण गर्दैनौं। विगतमा पनि हामीलाई ठग्ने प्रवृत्ति भयो। उधारो सहमति गर्दै, ठगिँदै जाने भयो, त्यसले पार लाग्ने देखिएन। हामीले उठाएका सबै मागहरु पूरा गरिनुपर्छ’ ।

हिजो माग पूरा नगरेपछि आज गर्नुहुन्छ भन्ने विश्वास के?’ भन्दै प्रति प्रश्न समेत गर्नु भएको छ । उहाले ओली प्रति लक्षित गर्दै भन्नु भएको छ -“अब हुन्छ बहादुर भएर होइन, गर्छु बहादुर हुनुपर्‍यो। पहिले गरेर देखाउनुपर्‍यो।’ प्रचण्ड संग को भेट बारे जानकारी दिदै नेता महतोले भन्नु भयो – प्रचण्डसँग हामीले भन्यौं- मुद्दाका लागि लडेको हो, मरेको हो, संविधान बनाउँदा सबै मिलेर त्यस्तो संविधान बनाइदिनुभयो। त्यतिबेला पनि लडियो, अहिले पनि लडेकै छौं ।
‘हामी ओली, प्रचण्ड र देउवालाई खाली समर्थन गर्नलाई मात्रै जान्मेका होइनौं। शोषण, उत्पीडनमा परेका जनताको सेवा गर्न जन्मेका हौं। के उनीहरुका कुनै समस्या र माग छैनन्?’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *