Loading...
अरे यार केपी ओलीले ठग्नु बाहेक कुनै काम गरेछ अहिले सम्म – राजेन्द्र महतो

जनता समाजबादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले केपी ओलीले ठग्नु बाहेक कुनै काम नगरेको बताउनु भएको छ ।
उहाँले संचार कर्मी ले राखेको प्रश्न के जसपा सरकारमा जाँदै छ भन्ने प्रश्न को उत्तर दिदै भन्नु भएको छ – के हामी सासकहरुलाई सेवा गर्नको लागि पैदा भएको हो। जसपा सरकारमा नजाओस, हाम्रो माग पुरा भए हामी सरकारमा जान्छु भन्नु भएको छ।

उहाले जसपाले उठाएका मुद्दाको साथमा रहेको समेत स्पष्ट पार्नु भएको छ । उहाले सरकारमा जाने प्रश्न मा भन्नु भएको छ -“मुद्दा सम्बोधन भएन भने सत्ताको ‘स’पनि उच्चारण गर्दैनौं। विगतमा पनि हामीलाई ठग्ने प्रवृत्ति भयो। उधारो सहमति गर्दै, ठगिँदै जाने भयो, त्यसले पार लाग्ने देखिएन। हामीले उठाएका सबै मागहरु पूरा गरिनुपर्छ’ ।

हिजो माग पूरा नगरेपछि आज गर्नुहुन्छ भन्ने विश्वास के?’ भन्दै प्रति प्रश्न समेत गर्नु भएको छ । उहाले ओली प्रति लक्षित गर्दै भन्नु भएको छ -“अब हुन्छ बहादुर भएर होइन, गर्छु बहादुर हुनुपर्‍यो। पहिले गरेर देखाउनुपर्‍यो।’ प्रचण्ड संग को भेट बारे जानकारी दिदै नेता महतोले भन्नु भयो – प्रचण्डसँग हामीले भन्यौं- मुद्दाका लागि लडेको हो, मरेको हो, संविधान बनाउँदा सबै मिलेर त्यस्तो संविधान बनाइदिनुभयो। त्यतिबेला पनि लडियो, अहिले पनि लडेकै छौं ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *