Loading...
कांग्रेस-एमाले दुवै बेइमान, जुन बेइमानले माग सम्वोधन गर्छ हामी त्यतातिर लाग्छौँ – अगरिया

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आज बसेको संसदीय दलको बैठकले कुनै निर्णय गर्न सकेन । सिंहदरबारस्थित जसपा संसदीय दलको बैठकमा पार्टीको संसदीय दलको नेता चयन, पार्टीको विधान पारित गर्ने लगायतका विषयमा छलफल हुने भनिएपनि कुनै निर्णय नभई बैठक सकिएको हो । बैठक पछि संचारकर्मी हरुले सोधेको प्रश्न – के तपाई हरु सरकार मा जादै हुनुहुन्छ को उत्तर दिदै जसपाका नेता तथा सांसद उमा शंकर अगरिया ले भन्नु भयो – विगतमा हाम्रो मागप्रति सबैले बेइमानी गरेका छन् । काँग्रेसले पनि बेइमानी गरेको छ, एमाले, माओवादी सबैले बेइमानी गरेका हुन् । उहाले मधेश र मधेशी संग भएको विभेद को बारेमा बताउदै मधेशबादीका लागि त सबै प्रतिगमनकारी छन् त्यसैले जुन प्रतिगमनकारीले हाम्रो माग सम्वोधन गर्नेगरी आउँछ हामी त्यतातिर लाग्छौँ ।’ भन्नु भएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *