Loading...
सिडियो इन्द्रदेव यादवद्धारा जिल्ला जनगणना कार्यालय रौतहटको स्थापना ।

ओम प्रकाश यादव
चैत्र २ गते, रौतहट ।
राष्ट्रिय जनगणना २०७८ का लागि रौतहटमा आज जिल्ला जनगणना कार्यालयको स्थापना गरिएको छ ।
विस २०७८ सालमा हुने १२ औँ जनगणनाको तयारीलाई तिब्र पार्न रौतहटको सदरमुकाम गौरमा आज जिल्ला जनगणना कार्यालयको स्थापना गरिएको हो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी सिडियो इन्द्रदेव यादवले आज एक कार्यक्रमका बीच उक्त कार्यालयको स्थापना गर्नुभएको छ ।

नेपालमा दश दश वर्षको अन्तरालमा जनगणना हुने प्रावधान छ सोही प्रावधान अनुसार आउँदो २०७८ सालमा १२ औं जनगणना हुन लागेको छ ।
सो जनगणनाको तयारी तथा सो सम्बन्धी हुने सम्पुर्ण कामको लागि जिल्ला जनगणना कार्यालयको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभएको छ ।
स्थापना भएको कार्यालयले २०७८ बैशाखदेखी सुपरिवेक्षकहरु द्वारा घर तथा घरपरिवारको सूचीकरण गर्ने, तथ्यांक संकलन गर्ने र गणकहरुबाट मुल गणनाको काम गर्ने प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।

जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्मै विभिन्न समिति निर्माण गरिने भएको छ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति, जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा,उपप्रमुख र जिल्ला भित्रका सवै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्ला स्तरीय जनगणना सहजीकरण सयन्त्र रहने विशेष श्रोतले जनाएको छ ।

जिल्लाको स्थानीय तहमा चाहिँ स्थानीय जनगणना समन्वय समिति हुनेछ जहाँ सम्वन्धीत स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत वा उहाँले तोकेका अधिकृत कर्मचारीको संयोजकत्वमा समिति बन्नेछ । त्यस्तै वडा स्तरीय जनगणना सहजीकरण समिति रहने छ जसको संयोजकमा सम्वन्धी वडाका वडाअध्यक्ष रहने बताइएकोे छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *