Loading...
होसियार, ओलीले मुद्दाको संवोधन होइन, मुखिया खुश पारेर मुद्दा खाने दाउमा छ –  शर्मा

राम कुमार शर्मा

———————————————
केपी शर्मा ओली आफ्नो सरकारको जीवन रक्षाको लागि महन्त ठाकुर र राजेन्द्र महतो संग ठुलो आशा गरेका छन्, उसलाई सिंगो जनता समाजवादी पार्टी चाहिएको छैन, बिभाजित महन्त- राजेन्द्र गुट चाहिएको छ, उसले मुद्दाको संवोधन होइन मुखियालाई खुशी पारेर आफ्नो जीवन जोगाउन प्रभु संग प्रार्थना गरिरहेको छ,
हामी सबैलाई अवगत भएकै कुरा हो केही समय पहिले मात्रै महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनाल लगाएर जसपाका १ दर्जन सांसदको अपहरण गरि दल बदल बिधेयक ल्याएर अधिनायकवादी सत्ता चलाउने दुस्वपन्न केपी ओलीले नदेखेको होइन, तर षडयन्त्रमुलक ढंगले ल्याइएको बिधेयकको बिरोध हाम्रै पार्टीवाट भए पछि र सचेत रूपमा दुबै पार्टीले एकता गरेपछि त्यस बेलाको पार्टी बिभाजन रोक्न सफल भएको तितो यथार्थ हामि सबैको सामुन्ने छ,ओली जस्तै प्रचण्ड – माधव समुहले चाहेको भए त्यसै बेला बिधेयक मार्फत दुबै पार्टीको बिभाजन भैसकेको हुन्थ्यो र सरकारको साचो म संग छ भन्ने गौरवशाली ठाउँमा जसपा रहने थिएन,
जसपाको पार्टी बिभाजनलाई जोगाउनको पछाडि प्रचण्ड – माधवजी को २ वटा उद्देश्य लुकेको देखिन्छ, एक आफ्नै पार्टीका अधिनायकवादी नेता ओलीलाई नियन्त्रण गर्नू थियो भन्ने अर्को तर्फ जसपा समेतको साथ लिएर संघियता र समृद्धिको यात्रालाई सफलता साथ मिलेर अगाडि बढाउनु थियो, तर दुर्भाग्य जसपालाई एकता बद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने, संघियता ल्याउन र संस्थागत गर्न अग्रनी भुमिका खेल्ने प्रचण्ड र संघियतालाई अस्वीकार गर्ने, मधेसीलाई दमन गर्ने, असंवैधानिक कदम चालेर संसदको हत्या गरि सबै उपलब्धिहरू लाई नै समाप्त पार्दे अधिनायकवादी बाटोमा अग्रसर केपी ओलीबारे एउटै द्रिस्टीकोण बनाउनु महन्त – राजेन्द्र मा रहेको गम्भीर द्रिस्टीदोष बाहेक केही होइन भन्ने मेरो निष्कर्ष हो,
जसपाका नेता महन्त – राजेन्द्रजी लाई मेरो एउटा नि:शुल्क निवेदन यो छ कि नेकपा बिभाजनले प्रतिगामी शक्तिलाई अलग्याएको छ र अग्रगामी शक्तिको लागि नयाँ संभावनाको ढोका खोलेको छ, राजनीतिमा हमेसा अनुकूल अवसर प्राप्त हुदैन, नेता त्यो हो जसले अनुकुल अवसरलाई देश र जनताको पक्षमा रूपान्तरण गर्ने लियाकत राख्छ, अनेक पटक मधेसको हितमा प्राप्त अवसरलाई बिदेशीको निर्देशनमा मंत्रीपदको लागि सौदावाजी गर्ने नेतृत्व यसपाली के गर्छ हेर्न बाकी छ?
हाम्रो शुभकामना छ, मधेस बिद्रोहको नायक उपेन्द्र यादव र नेपाली राजनीतिको क्रान्तिकारी सर्जक डा. बाबुराम भट्टराई जसपाको एकतालाई कायम राख्दै बाकी अग्रगामी शक्तिहरूको बिचमा एकता कायम गर्न सफलता प्राप्त होस्, जसपाले अग्रगामी शक्तिहरू संग मिलेर संबिधानको संशोधन, नेताहरु माथि लागेका राजनीतिक मुद्दाको समाधानको साथै संघियतालाई संस्थागत गर्दे समृद्धिको बाटोमा अगाडि बढ्नुहोस्, सुवर्ण अवसरको सदुपयोग गर्नुहोस्,

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *