Loading...
राज्य मन्त्री योगेन्द्र यादवले गृह जिल्ला रौतहटमा ठुलो संख्यामा गराए पार्टी प्रवेस ।

ओम प्रकाश यादव
चैत्र ४ गते, रौतहट ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले आज गृह जिल्ला रौतहटमा दर्जनौ व्यक्तिलाई जनता समाजवादी पार्टीमा प्रवेस गराएका छन ।

रौतहटको माधवनारायण नगरपालिका ५ मिठुअवा कटरीया टोलमा आज आयोजित होली मिलन एवं पार्टी प्रवेस कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरी ठुलो संख्यामा जनता समाजवादी पार्टीमा प्रवेस गरेका छन ।

डा. सत्यनारायण सहनीको नेतृत्वमा अन्य पार्टी परित्याग गरी ठुलो संख्यामा सहनी, दलित लगाएतका समुदायका व्यक्तिहरु जनता समाजवादी पार्टीमा प्रवेस गरेका छन ।
पार्टी प्रवेस गर्ने नवप्रवेसीहरुलाई एक कार्यक्रमकाबीच कृषि राज्य मन्त्री योगेन्द्र यादव र माधवनारायण नगर प्रमुख विरेन्द्र यादवले पार्टीमा स्वागत गरेका छन ।
जनता समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका राज्य मन्त्री यादवले यसअघि पनि पटक पटक रौतहटमा अन्य दलबाट जसपामा विभिन्न नेता कार्यकर्ताहरुलाई प्रवेस गराउँदै आएका छन ।
राज्य मन्त्री यादवले प्रदेश सांसदमा निर्वाचित भएदेखी नै पार्टीको लागि सक्रिय रुपमा काम गर्दै आएका छन जस्का कारण रौतहटमा जसपा मजबुत अर्थात शक्तिशाली बन्दै गएको देखिएको छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *