Loading...
सैयौ थुङ्गा फुल मुर्छाउन थाल्यो भने यो गानको के महत्व हुन्छ ? – अध्यक्ष महन्थ ठाकुर

सरोज खिलाडी

जनता समाजबादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीको रिहाइ बिना जसपा सरकारमा नजाने बताउनु भएको छ। उहाँले सो कुरा नेपाल प्रेस मंचका पत्रकारहरु संग भएको भेटघाटका क्रममा बताउनु भएको हो ।

उहाँले नेपाली राष्ट्रिय गान सैयौ थुङ्गा फुलका हामी को उदाहरण दिदै भन्नु भयो – सैयौ थुङ्गा फुल मुर्छाउन थाल्यो भने यो गानले को के महत्व हुन्छ ? नेपाल सबै जात जातिको गहना भएको हुनाले सबैले समान अधिकार पाउनु पर्ने बताउनु भएको छ।

नेपाल प्रेस मंच का पत्रकारको प्रश्नको जवाफ दिदै उहाँले भन्नु भयो – जब सम्म मधेश आन्दोलनका आन्दोलनकारीलाइ सरकारले रिहा गर्दैन तब सम्म जसपा सरकारमा जादैन।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *