Loading...

सम्झना पौडेल
चैत्र ७ गते, काठमाडौं ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा होमबहादुर बस्नेत (राजकुमार) लगायत १७ जना कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन् ।
शनिबार सम्पन्न अधिवेशनले अध्यक्षसहित कार्य समितिमा १७ सदस्यीय निर्विरोध चयन गरेको छ ।

अध्यक्ष पदका लागि बस्नेतबाहेक अन्यको उम्मेद्वारी नपरेपछि उनी यसअघि नै निर्विरोध निर्वाचित भएका हुन् ।
समाजसेवी बस्नेत हाल उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकको बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । क्षमादेवी ग्रुपसँग आवद्ध उहाँ सबै व्यावसायिहरुसँग निकटतम सम्बन्ध भएका एक कुशल ब्यवसायी भएकै कारण अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । यस अघिका सबै अध्यक्षहरुले पनि उहाँलाई अध्यक्षका लागि सहयोग गर्नुभएको थियो ।
संघको कार्यसमिति सदस्यहरुमा संघको विधान बमोजिम १७ जना सदस्यहरुलाई
निर्विरोध चयन गरेको छ । निर्बिरोध सदस्यहरुमा अमृत कार्की, उद्धब पौडेल, उमेश प्रधान, प्रकाश आचार्य, तीर्थराज पौडेल, प्रकाश दाहाल, विचारी पराजुली, विदुर खडका, मन्दु थापा, मोहनभक्त श्रेष्ठ, रमेश बस्नेत, राजकपुर खत्री, राजेश श्रेष्ठ, रामचन्द्र कार्की, शिवहरि श्रेष्ठ, सूर्य बहादुर कार्की, र सोभियत पौडेल रहेका छन् ।
उद्योगी, व्यवसायीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २५ औं साधारण सभा तथा १० औं अधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो । संघमा २ हजार ३२ सदस्यहरू छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *