Loading...
चम्कियो बाबुरामको भाग्य, दोस्रो पटक प्रधानमन्त्री ! पार्टी एकिकरण गर्ने कुरामा सहमत
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर जसपाका राष्ट्रिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने गरी छलफल सुरु भएको छ । जसपाको वावुराम–उपेन्द्र समुह, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव–झलनाथ समुह बिचमा भट्टराईलाई प्रधानमन्त्री बनाउने गरी छलफल सुरु भएको हो ।
स्रोतका अनुसार तीन वटै पक्ष भट्टराईलाई प्रधानमन्त्री वनाएर पार्टी एकिकरण गर्ने कुरामा सहमत देखिएका छन् । केहि प्राविधिक कुराले मात्रै एकिकरण अगाडि नवढेको वताईएको छ । यस विषयमा नेताहरुका बिचमा पटक – पटक छलफल भएको श्रोतको दा’वी छ ।
माओवादी केन्द्र, एमाले खनाल–नेपाल समुह र जनता समाजवादी पार्टी नेपालको वावुराम–उपेन्द्र समुह केपी ओलीलाई प्रधानमन्त्रीवाट हटाउन जस्तोसुकै सर्त पुरा गर्न तयार देखिएका छन् । सोही क्रमममा विभिन्न दलहरुसँग छलफल भएको र अन्तिम नतिजा यसरी तयार भईरहेको जनाईएको छ ।
भट्टराई केही समयअघि उपचारका नाममा भारतको भ्रमण समेत गरेर आएका छन् । उनले भारतीय नेताहरुसँग प्रधानमन्त्रीका लागि छलफल गरेको र माहौल तयार गरेर आएको पनि आँकलन छ । उनको इच्छामा भारतले पनि आशिर्वाद दिएको उनका पार्टीकै केहि नेताहरुको वुझाई छ ।
जसपा स्रोतका अनुसार भट्टराईलाई प्रधानमन्त्री बनाउने सर्त पुरा भए पार्टीमा देखिएको वि’वाद समेत सजहै हल हुने अवस्था आउन सक्छ। हुन त महन्थ ठाकुर, राजेन्द्र महतो तथा वावुराम र उपेन्द्र यादवका बिचमा सत्ता समिकरणको विषयमा विवाद छ । तर, भट्टराईको नाममा भारतले समेत सहयोग गर्ने निष्कर्ष जसपाकै एक पक्षले निकालेको छ ।
महन्थ ठाकुर र उपेन्द्र यादवको पनि प्रधानमन्त्री वन्ने इच्छा भएपनि पार्टी भित्रको किचलो र भारतको असहयोग रहने भएकाले उनीहरु पनि भट्टराईका नाममा सहमत देखिएका छन् । जसपा भित्र रहेको महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव लगायतको समुह प्रचण्डभन्दा केपी ओलीसँगको सामिप्यतामा रहेको र उपेन्द्र–वावुराम पक्ष ओलीलाई देख्नै नसक्ने अवस्थामा देखिएका छन् । दुई मध्ये पनि पछिल्लो समय भट्टराई ओलीका कटु आलोचकका रुपमा देखिएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा वि’घटन गरेपछि पनि उनले निर्मम अभिब्यक्ति दिदै आएका छन् ।
हिजो माओवादीमै रहेर काम गरेको अनुभवका आधारमा पनि वावुराम र उपेन्द्रलाई प्रचण्डसँग रहन सहज हुने अवस्था छ । यसै सिलसिमा खनाल–नेपाल समुहको एमाले, माओवादी केन्द्र तथा वावुराम–उपेन्द्र समुहको जसपाका विचमा एकिकरणका लागि छलफल भईरहेको श्रोतको दा’वी छ ।
अर्कोतर्फ प्रधानमन्त्री ओलीलाई सत्तावाट पाखा लगाउन माओवादी केन्द्र र एमालेको माधव–झलनाथ समुहले कांग्रेसलाई पनि आग्रह गरेको थियो । कांग्रेस भित्रको गुटगत वि’वादले तत्काल सरकारमा जान सक्ने अवस्था नदेखिएपछि नेताहरुले जसपालाई सहयात्री वनाउने वतावरण तयार गरेको राजनीतिक विश्लेषकहरु वताउँछन् ।
राहुल उदास रोहितको फेसबुक वालबाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *