Loading...
रौतहटको पिपरामा होली मिलन सांस्कृतिक समारोहको आयोजना हुँदै, लोकप्रिय कलाकारहरु प्रस्तुती दिन आउँदै ।

ओम प्रकाश यादव
चैत्र १० गते, रौतहट ।
होली पर्वको अवसरमा रौतहटको पिपरा बजारमा होली मिलन सांस्कृतिक समारोहको आयोजना हुने भएको छ ।

आउँदो चैत्र १४ गते शनिवारका दिन रौतहटको दुर्गाभगवती गाउँपालिकाको पिपरा बजारमा होली मिलन सांस्कृतिक समारोहको आयोजना हुँदै छ ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य, समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष एवं प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले होलीको अवसर पारेर आफना गृह जिल्ला रौतहटमा भव्य रुपमा होली मिलन सांस्कृतिक समारोहको आयोजना गर्न लागेका हुन ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा नेपाली, मैथिली एवं भोजपुरी लगाएतका चर्चित गायक कलाकारहरु प्रस्तुती दिन आउन लागेको आयोजक कृषि राज्य मन्त्री योगेन्द्र यादवले जानकारी दिनुभएको छ ।

कार्यक्रममा नेपाली, मैथिली एवं भोजपुरी सिनेमा जगतका लोकप्रिय कलाकारहरुको प्रस्तुति रहने राज्य मन्त्री यादवले बताउनुभयो ।
कार्यक्रममा दर्शको मन जित्ने गरी कलाकारहरु आउन लागेकोले अत्याधिक मात्रामा कार्यक्रममा सहभागि हुन आयोजकले सबैलाई आग्रह गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *